गोकर्णेश्वरमा दुई किशोरमाथी कुटपिट गर्ने पाँच जना पक्राउ
काठमाडौँ । काठमाडौँको गोकर्णेश्वरमा दुई जना युवकलाई कुटपिट गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत १७ मा दिउँसो गोकर्णेश्वर नगरपालिका–५ स्थित नयाँ बस्ती क्लब अगाडी किशोरहरूलाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
आरोपीहरुले सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका–४ घर भएका १७ वर्षीय मनोज तामाङ र १८ वर्षीय कर्म लामालाई कुटपिट गरेका हुन्।
कुटपिटमा संलग्न ५ जनालाई केही दिनअघि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा काभ्रेको बेथानचोक घर भएका १९ वर्षीय निशान दुलाल, दोलखा घर भएका १९ वर्षीय राज कुमार बिक, दोलखा शैलुङका १८ वर्षीय राजेश बिक, पर्सा ठोरीका १८ वर्षीय सुमन थिङ र नुवाकोटका १८ वर्षीय युनिक पुडासैनी छन्।
आरोपीहरू विरुद्ध प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
फेवातालमा बेपत्ता युवकको शव फेला
-
पूर्वमन्त्री पौडेललाई पुल्चोक प्रहरीको हिरासतमा राखियो (अपडेट)
-
रोनाल्डोको कीर्तिमानी गोलसँगै पहिलो हाफमा पोर्चुगलको फराकिलो अग्रता
-
प्रहरीको तलब प्रत्येक १५ दिनमा
-
उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण भएको एमालेको ठहर, देशव्यापी भण्डाफोर गर्ने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण