बङ्गलादेशमा विद्यार्थी नेता सइदको हत्या अभियोगमा दुई प्रहरीलाई मृत्युदण्ड
ढाका । बङ्गलादेशले विद्यार्थी नेता अबु सइदको हत्याको आरोपमा दुई पूर्व प्रहरीलाई बिहीबार मृत्युदण्डको सजाय सुनाएको छ । उनले पूर्व प्रधानमन्त्री शेख हसिनाको निरंकुश सरकार अपदस्थ गर्ने सन् २०२४ को विद्रोहलाई नेतृत्व गरेका थिए ।
सइदको उत्तरी शहर रङ्गपुरमा २३ वर्षको उमेरमा मृत्यु भएको थियो । उक्त प्रदर्शनमा प्रहरीको दमनमा मारिएका उनी पहिलो विद्यार्थी नेता थिए ।
सन् २०२४ जुलाई १६ मा नजिकैबाट प्रहरीले गोली हान्नु अघि उनले हात फैलाएर उभिएको अन्तिम क्षणको फुटेज हसिनाको पतनपछि बङ्गलादेशी टेलिभिजनमा पटक पटक देखाइएको (भाइरल बनेको) थियो ।
अभियोजनकर्ताहरूले हत्याको सम्बन्धमा ३० जनालाई अभियोग लगाएका थिए, जसमा हत्यादेखि कमान्ड जिम्मेवारी र आपराधिक उद्यम समावेश थियो। मृत्युदण्डको सजाय सुनाइएका दुई व्यक्तिहरूसहित केवल ६ जना हिरासतमा छन्।
मुख्य अभियोजक अमिनुल इस्लामले सञ्चारकर्मीहरूसँग भने, “सइदले देशलाई निरङ्कुश शासनबाट मुक्त गर्न आफ्नो जीवन बलिदान दिनुभएको थियो । उहाँको हत्यामा अभियोग लगाइएका सबै ३० जनालाई दोषी ठहराइएको छ ।”
जिल्ला प्रहरी कार्यालयका अमिर हुसेन र सुजनचन्द्र रोयलाई मृत्युदण्डको सजाय सुनाइएको छ । उनीहरूका वकिल अजिजुल हक दुलुले पत्रकारहरूसँग उनीहरूको तफैबाट आफूले अपिल दायर गर्ने बताएका छन् ।
अदालतले सइद अध्ययनरत बेगम रोकिया विश्वविद्यालयका उपकुलपतिसहित अन्य २८ जनालाई जेल सजाय सुनाएको छ । हसिनाको अवामी लिगको विद्यार्थी शाखा हाल प्रतिबन्धित बङ्गलादेश छात्र लिगका एक नेतालाई पनि सजाय सुनाइएको छ।
केहीले १० वर्षसम्म जेल सजाय भोग्नुपर्ने भए पनि सइदका भाइ रमजान अली र शहिद सइदका परिवारले दोषीलाई कडा सजाय हुनुपर्ने बताएका छन् । उनले एएफपीसँग भने, “अदालतले वरिष्ठ प्रहरी अधिकारी र छात्र लिगका नेतालाई हल्का सजाय सुनाएको छ । हामी यसविरूद्ध अपील दायर गर्नेछौँ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केप भर्डेका डिफेन्डर सिड्नी लोपेज काब्रालले अर्को खेल गुमाउने
-
स्पेनलाई रोकेर विश्वलाई चकित पारेको केप भर्डे आज उरुग्वेसँग भिड्दै
-
यान्त्रिक हलो अभावले किसानलाई धान रोप्न समस्या
-
बेल्जियम र इरानको संघर्षपूर्ण बराबरी
-
बेल्जियमलाई झड्का: नाथन एनगोयले रातो कार्ड पाउँदा टोली १० खेलाडीमा सीमित
-
मेसीको रेकर्ड तोड्दै लामिन यामलको ऐतिहासिक गोल: बने विश्वकप इतिहासकै ८ औँ कान्छा गोलकर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण