थलापति विजयको ‘जन नायकन’ रिलिज अघि नै अनलाइनमा लिक
सारांश
- तमिल सुपरस्टार थलापति विजयको बहुप्रतिक्षित फिल्म 'जन नायकन' रिलिज हुनुअघि नै अनलाइनमा लिक भएको छ।
- सेन्सर बोर्डको विवादका कारण रिलिज मिति सरेको अवस्थामा फिल्मको एचडी प्रिन्ट पाइरेटेड वेबसाइटमा उपलब्ध भएको हो।
- मेकरहरूले पाइरेसी गर्नेहरू विरुद्ध कानुनी कारबाही गरिने चेतावनी दिएका छन्।
मुम्बई । तमिल सुपरस्टार थलापति विजयको बहुप्रतिक्षित फिल्म ‘जन नायकन’ प्रदर्शन अगाडि नै अनलाइनमा लिक भएको छ । सेन्सर बोर्डसँगको विवादका कारण प्रदर्शन मिति अन्योलमा रहेको फिल्मको एचडी प्रिन्ट पाइरेटेड वेबसाइटहरूबाट लिक भएका हुन् ।
यसअघि फिल्मलाई ९ जनवरीमा पोङ्गलको अवसर पारेर रिलिज गर्ने योजना बनाइएको थियो । तर, सेन्सर सर्टिफिकेट पाउन ढिलाइ भएपछि प्रदर्शन स्थगित गरिएको थियो । फ्यानहरू फिल्मको नयाँ रिलिज मितिको प्रतीक्षा गरिरहेका बेला पूरै फिल्म नै लिक भएपछि यसले ठुलो हलचल पैदा गरेको छ ।
बलिउड मिडियाका रिपोर्ट अनुसार, केही दिनअघि फिल्मको इन्ट्रो सिन, टाइटल र क्लाइमेक्सका केही भिडियो क्लिपहरू सामाजिक सञ्जालमा भाइरल भएका थिए । मेकरहरूले ती क्लिपहरू हटाउने प्रयास गरिरहेकै बेला अहिले पूरै फिल्म नै बाहिर आएको हो । फिल्म हलमा लाग्नुअघि नै यसरी अनलाइनमा उपलब्ध हुनुलाई मेकरहरूका लागि ठुलो आर्थिक घाटा मानिएको छ ।
फिल्म लिक भएको खबर सार्वजनिक भएपछि विजयका फ्यानहरूले सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेका छन् । उनीहरूले पाइरेसी गर्नेहरूमाथि कडा कारबाहीको माग गरेका छन् । मेकरहरूले पनि अवैध रूपमा फिल्मको लिंक सेयर गर्ने र डाउनलोड गर्नेहरू विरुद्ध कानुनी कारबाही गरिने चेतावनी दिएका छन् ।
‘जन नायकन’ लाई थलापति विजयको अभिनय करियरको अन्तिम फिल्म मानिएको छ । यस फिल्मपछि उनी पूर्ण रूपमा राजनीतिमा सक्रिय भएका छन् । त्यसैले पनि यो फिल्मलाई लिएर दर्शकमाझ निकै उत्साह छ । तर, रिलिज अघिको यो गडबडीले फिल्मको व्यापारमा असर पुग्न सक्ने अनुमान गरिएको छ ।
एच.विनोदको निर्देशनमा बनेको फिल्ममा विजयका अलवा पूजा हेगडे, बबी देओल, गौतम वासुदेव मेनन, प्रकाश राज, नारायण र मामिता बैजुजस्ता चर्चित कलाकारहरूको समेत अभिनय छ । फिल्ममा अनिरुद्ध रविचन्दरले सङ्गीत दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्ल्यान्डलाई ठुलो झट्का : स्लो ओभर रेटका कारण विश्व टेस्ट च्याम्पियनसिपमा १२ अङ्क गुमायो
-
अत्यधिक गर्मी बढेपछि बेदकाटका विद्यालय चार दिन बन्द
-
बेलायतमा नयाँ नेतृत्वका लागि जुलाई ९ बाट मनोनयन खुल्ने, उत्तराधिकारी नचुनिएसम्म स्टार्मर नै प्रधानमन्त्री रहने
-
हरमनप्रितको ऐतिहासिक २००औँ खेल
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण