शिक्षाविद् कोइरालाको पुस्तक शिक्षामा बेलाको बोली प्रकाशित
सारांश
- शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाद्वारा लिखित 'शिक्षामा बेलाको बोली' पुस्तक प्रकाशित भएको छ।
- पुस्तकमा शिक्षाका विविध आयाम, दर्शन, सिद्धान्त र व्यावहारिक पक्षहरूको गहन चर्चा गरिएको छ।
- शिखा बुक्सद्वारा प्रकाशित यस पुस्तकको मूल्य ९९५ रुपैयाँ तोकिएको छ।
काठमाडौँ । शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाद्वारा लिखित पुस्तक ‘शिक्षामा बेलाको बोली’ प्रकाशित भएको छ । पुस्तकमा जनस्तरका तथा प्राज्ञिक सोचलाई समेट्दै तिनको अन्तरसम्बन्धमाथि चर्चा गरिएको छ ।
शारीरिक, मानसिक र चेतन सम्बन्धबाट सृजित दर्शन तथा सिद्धान्तको चर्चा पुस्तकमा गरिएको छ । जीवन–जगतका, मनका, हिरण्यगर्भका र तिनका अकाट्य सम्बन्धका विषयमा पुस्तकले व्याख्या पस्कन्छ । कहीँ प्रश्नको झटारो हान्छ । कहीँ समस्या दिन्छ । कहीँ समाधान दिन्छ । पुस्तकको मूल विषयगर्भ भने शिक्षाकै सेरोफेरोमा छ ।
पुस्तकमा पाठकले अनेकन् स्वाद पाउँछन् । यस अर्थमा पुस्तकमा बहुस्वाद मिसिएको छ । जोस र होस, सोच र सम्भावना देख्नेका लागि यसबिचका भँगालाहरूबारे पनि पुस्तकमा चर्चा गरिएको छ । ती भँगालाहरूलाई मूल बनाउने उपायहरू सुझाइएको छ ।
पुस्तक शिखा बुक्सले प्रकाशन गरेको हो भने यसको मूल्य ९९५ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपामा महाधिवेशनमा दैनिक ९ क्विन्टलसम्म मटन खपत
-
रातो किताब अध्ययन गर्न समय नपुगेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
-
गाउँमै सम्भावना खोज्दै बर्दियाका महिला
-
चन्द्रागिरिमा रेबिजका कारण एक पुरुषको मृत्यु
-
बागमतीको बजेटः आफ्नै मापदण्ड लत्याउँदै टुक्रे योजनाको ओइरो
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण