कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी
शुक्रबार, २७ चैत २०८२, १५ : ३०
सारांश
- कतार सरकारले रमादानको अवसर पारेर तीन जना नेपाली नागरिकलाई आममाफी दिएको छ।
- कतारस्थित नेपाली दूतावासको पहलमा उनीहरूलाई आममाफी दिइएको हो।
- आममाफी पाएका नेपालीहरू हाल स्वदेश फर्किने प्रक्रियामा रहेका छन्।
काठमाडौँ । कतार सरकारले तीन जना नेपाली नागरिकलाई आममाफी दिएको छ । रमादानको अवसर पारेर उक्त आममाफी प्रदान गरिएको परराष्ट्र मन्त्रालयले जनाएको हो ।
कतारका आमिर शेख तमिम विन हमाद अलथानीले सो आममाफी दिएको मन्त्रालयले पत्रकार सम्मेलनमार्फत जनाएको छ । कतारको दोहा स्थित नेपाली दूतावासको पहलमा उनीहरूलाई आममाफी दिलाउन सफल भएको मन्त्रालयले जानकारी दिएको छ ।
यद्यपि, ती नेपालीहरू के कारणले जेलमा परेका थिए भन्ने विषयमा मन्त्रालयले खुलाउन चाहेन । साथै, उनीहरूको नाम पनि सार्वजनिक गरिएको छैन ।
आममाफी पाएका तीनै जना नेपाली हाल नेपाल फर्किने प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण