निराश जनशक्तिबाट कुनै पनि मुलुकको विकास हुँदैन : राष्ट्रपति
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेलले निराश जनशक्तिबाट कुनै पनि मुलुकको विकास हुन नसक्ने बताएका छन्।
- उनले जनताको चाहनाअनुसार युवा वर्गलाई आफ्नै देशमा बस्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्।
- नयाँ संसद्बाट प्रभावकारी कानुन निर्माण र न्यायपालिकाबाट निष्पक्ष न्यायको अपेक्षा उनले व्यक्त गरेका छन्।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गतेको निर्वाचनमा सहयोग गर्ने सबैलाई आभार र धन्यवाद व्यक्त गरेका छन् ।
शुक्रबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले निर्वाचनमार्फत नयाँ पुस्ता नेपाली राजनीतिमा आकर्षित भएको भन्दै जनताले प्रभावकारी सेवा प्रवाह तथा विधिको शासन, रोजगारीको अवसर, तीव्र आर्थिक सामाजिक स्थायित्वको आकांक्षा राखेको राष्ट्रपति पौडेलले बताए ।
उनले नयाँ संसद्ले आवश्यक कानुनहरू निर्माण गर्ने विश्वास व्यक्त गर्दै न्यायपालिकाबाट निष्पक्ष न्याय प्रदान गरेमात्र सहिदहरूको सम्मान हुने समेत बताए ।
उनले १० वर्षमा भएको संविधान कार्यान्वयन भए पनि जनताको मर्मअनुसार गर्नुपर्ने काम धेरै बाँकी रहेको बताए । नयाँ पुस्ताका चाहानाअनुसार युवा वर्गलाई आफ्नै देशमा बस्ने व्यवस्था बनाउन सरकारले ध्यान दिनेछ भन्ने विश्वास व्यक्त गर्दै उनले निराश जनशक्तिबाट कुनै पनि मुलुकको विकास हुन नसक्ने बताए ।
नागरिकका निराशा तोड्न र सरकारी सेवा चुस्त बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने तथा परराष्ट्र सम्बन्धलाई सन्तुलित बनाउनुपर्ने आवश्यकता रहेकोमा राष्ट्रपतिले जाेड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको जारी विश्वकपमा ‘थ्री आउट अफ थ्री’ को सानदार रेकर्ड
-
दिगो कृषि तथा खाद्य प्रणालीसम्बन्धी राष्ट्रिय सम्मेलन चितवनमा
-
अनैतिक गतिविधिमा संलग्न २४ जना नियन्त्रणमा
-
भोटिङ मेसिनमा उम्मेदवारको वरीयताप्रति गणेश कार्कीको आपत्ति
-
समूह ‘सी’ को निर्णायक भिडन्तमा ब्राजिल र स्कटल्याण्ड भिड्दै, नेयमार टोली बाहिर
-
स्वीट्जरल्याण्ड समूह विजेता बन्दा कतार बाहिरियो, बोस्नियाको भाग्य अन्य समूहको हातमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण