उपसभामुखमा ज्ञानेन्द्रले सरस्वतीको प्रस्ताव गर्दै भने- बाँकी तपाईँहरूको इच्छा !
सारांश
- राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले उपसभामुख पदका लागि सरस्वती तामाङको नाम प्रस्ताव गरेका छन्।
- शाहीले रास्वपाको राजनीतिक बाध्यता बुझेको भन्दै आफूहरूलाई कुनै गुनासो नरहेको बताएका छन्।
- उनले राप्रपा सधैँ प्रतिपक्षमा रहेर आफ्नो भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले रास्वपा र त्यस पार्टीको बाध्यता बुझेको बताएका छन् ।
प्रतिनिधिसभाको उपसभामुखमा पार्टीका सांसद सरस्वती तामाङलाई निर्वाचित गरियोस् भनेर प्रस्ताव पेस गर्दै शाहीले रास्वपाले सुरुमा उपसभामुखमा समर्थन गर्ने भने पनि पछि नगरेको तर्फ सङ्केत गर्दै त्यसमा केही गुनासो नभएको बताए ।
‘केही गुनासो छैन, यो संसदमा राजनीति केही सिकियो र केही बुझियो पनि । तर याद रहोस् यो राजनीति सधैँ एउटै वेगमा बग्दैन’, उनले भने, ‘तपाईँको बाध्यता बुझेका छौँ ।’
उनले राप्रपा कमजोर नहुने भन्दै अरूप्रति कुनै गुनासो नभए पनि संसद् सधैँ प्रतिपक्षमा रहेर भूमिका निर्वाह गर्ने बताए । उनले प्रस्ताव पेस गर्दै भने, ‘बाँकी तपाईँहरूको इच्छा ।’
शाहीको प्रस्तावको समर्थनमा राप्रपाकै सांसद ताहिर अली भाट र भरत गिरीले राप्रपाका सांसद पाँच पाण्डव एकातिर बाँकी अर्कोतिर भएको भन्दै यो विडम्बना भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण
-
परराष्ट्र मन्त्री शिशिर खनालद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
-
१० बजे १० समाचार : प्रदेश सभा खारेज गर्ने रास्वपाको प्रस्तावदेखि सुकुमबासीलाई अल्टिमेटमसम्म
-
नेपालगन्जमा तीन दिन विद्यालय बन्द
-
शाखा अधिकृत पौडेललाई सेवाबाट हटाइयाे
-
एमाले सचिवालयको निष्कर्ष : विष्णु पौडेलको पक्राउ गैरकानुनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण