अपडेट
उपसभामुखमा नेकपाले रुबीकुमारीलाई मत दिने
शुक्रबार, २७ चैत २०८२, १७ : २९
सारांश
- नेकपाले उपसभामुखको निर्वाचनमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ।
- सांसद रमेश मल्लले उपसभामुखको निर्वाचनमा पार्टीले ठाकुरलाई मत दिने जानकारी गराएका छन्।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले उपसभामुखको निर्वाचनमा श्रम संस्कृति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने भएको छ ।
शुक्रबार प्रतिनिधिसभामा हुँदै गरेको उपसभामुखको निर्वाचनमा श्रम संस्कृतिका उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन गर्ने पार्टी निर्णय भएको सांसद रमेश मल्लले जानकारी गराएका हुन् ।
‘सभामुखजस्तै उपसभामुख पनि सर्वसम्मत गर्न सकेको भए धेरै राम्रो हुने थियो । तर सम्भव भएन’, नेकपा सांसद मल्लले भने, ‘हाम्रो पार्टीले रुबीकुमारी ठाकुरलाई समर्थन गर्छ । पक्कै पनि राजनीतिमा मूल्य र इमानको ठुलो महत्त्व हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण