मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
अपडेट

उपसभामुखमा रुवीकुमारी ठाकुर निर्वाचित

शुक्रबार, २७ चैत २०८२, १८ : २६
शुक्रबार, २७ चैत २०८२

सारांश

  • प्रतिनिधि सभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुवीकुमारी ठाकुर निर्वाचित भएकी छन्।
  • शुक्रबार भएको मतदानमा ठाकुरको पक्षमा २२९ मत परेको छ।

काठमाडौँ । प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुवीकुमारी ठाकुर निर्वाचित भएकी छन्। शुक्रबार भएकाे निर्वाचनमा उनी निर्वाचित भएकी हुन् । 

प्रतिनिधि सभामा आज भएको मतदानमा ठाकुरको पक्षमा २२९ मत परेको छ । विपक्षमा ५ मत परेको छ भने तटस्थमा २२ मत परेको छ । मतदानमा २५६ सांसद सहभागी भएका थिए । 

उपसभामुखका दुई प्रतिस्पर्धीमध्ये राप्रपाकी सरस्वती लामाकाे प्रस्ताव बहुमतले अस्वीकृत भएसँगै ठाकुर निर्वाचित भएकी हुन् । श्रम संस्कृतिकी ठाकुर जेनजी सांसद हुन् । उनी समानुपातितर्फ निर्वाचित भएकी थिइन् । 

उपसभामुखमा ठाकुरलाई राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीका सांसदहरूले मतदान गरे भने लामालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले मात्रै मतदान गरे। 

नेकपा एमालेका सांसदहरू भने तटस्थ बसेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप