शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

म तिमीलाई अन्तिमसम्म पर्खिरहन्छु

शनिबार, २८ चैत २०८२, १४ : ५२
शनिबार, २८ चैत २०८२

म तिमीलाई
पैयुँ फुलेर झर्ने बेलासम्म 
पर्खिरहन्छु । 

तिमी फूल च्यातेर 
मन्दिर छोडेर हिँडेकी मान्छे 
म तिम्रो पर्खाइमा 
चौतारीले बटुवा  
कुरे जस्तै कुरिरहन्छु ।

तिमी पुनः फर्किन्छौ भन्ने 
अधुरो सपना बोकेर 
चट्टान फोरेर
पिपल उम्रिए जस्तै 
तिमी फर्की आऊ ।

तिमी फर्किन्छौ, फर्किन्नौ थाहा छैन 
यदि फर्कियौ भने
म तिम्रो सौभाग्य हुँ
शिर हुँ
सिन्दूर हुँ । 

म तिम्रै पर्खाइमा छु
भनेर किनाराको
उदाहरण तिमिलाई...
बगिरहनु नदीको
स्वभाव हो भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुरेश भट्ट आश्रिन
सुरेश भट्ट आश्रिन
लेखकबाट थप