लापसे चेकिङमा सार्वजनिक सवारीका दुई चालक पक्राउ
आइतबार, २९ चैत २०८२, ०८ : १४
सारांश
- काठमाडौँको बल्खुमा गरिएको विशेष चेकिङका क्रममा लागुपदार्थ सेवन गरी सवारी चलाउने दुईजना सार्वजनिक यातायातका चालक पक्राउ परेका छन्।
- नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले चालकहरूले लागुपदार्थ सेवन गरेको पुष्टि गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
- पक्राउ परेका चालकहरूलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ।
काठमाडौँ । काठमाडौँको बल्खुस्थित कुमारी क्लब नजिकै गरिएको विशेष चेकिङका क्रममा लागुपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउने दुईजना चालक ट्राफिक प्रहरीको फन्दामा परेका छन्। पक्राउ पर्नेहरूमा यात्रुवाहक हाईस र ईभी माइक्रोबसका चालक रहेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्यूरो र ट्राफिक प्रहरी प्रभाग बल्खुको संयुक्त टोलीले शनिबार यो कारबाही चलाएको हो। चेकजाँचका क्रममा नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले उनीहरूले लागुपदार्थ सेवन गरेको पुष्टि गरेको थियो।
संवेदनशील मानिने सार्वजनिक यातायातका चालकहरू नै नसामा लठ्ठिएर सवारी चलाएको भेटिएपछि प्रहरीले उनीहरूलाई तत्काल नियन्त्रणमा लिएको हो।
पक्राउ परेका दुवै चालकलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार नियुक्त
-
कर्मचारीहरूलाई निर्देशन– विपद्को समयमा कार्यालय नछाड्नू
-
शिक्षकले भन्थे, ‘उत्तरपुस्तिका मसँग छ कति नम्बर चाहिन्छ ? त्यसको बदला फोटो पठाऊ’
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो
-
मनसुनजन्य विपद् व्यवस्थापनमका लागि तयारी अवस्थामा रहने
-
बागमती सरकारबाट बाहिरिन किन भाखा सार्दै छ एमाले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण