सम्झौता भए पनि नभए पनि फरक पर्दैन, जित हाम्रै हो : ट्रम्प
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौताप्रति आफ्नो कुनै चासो नरहेको स्पष्ट पारेका छन्।
- ट्रम्पले वार्ताको नतिजा जे आए पनि अन्तिममा अमेरिकाकै जित हुने दाबी गरेका छन्।
- उनले इरानको सैन्य शक्ति र नेतृत्वलाई अमेरिकाले पराजित गरिसकेको बताएका छन्।
वासिङ्टन । अमेरिका र इरानबिच पाकिस्तानको इस्लामावादमा ऐतिहासिक शान्ति वार्ता चलिरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानसँगको सम्झौताप्रति आफ्नो खासै चासो नरहेको बताएका छन्। ह्वाइट हाउसको चौरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले वार्ताको नतिजा जे आए पनि अन्तिममा अमेरिकाकै जित हुने दाबी गरेका हुन्।
ट्रम्पले इस्लामावादबाट आफूले लगातार रिपोर्टहरू प्राप्त गरिरहेको र वार्ता लामो समयदेखि जारी रहेको जानकारी दिए। तर, उनले इरानसँगको सम्झौता हुनु वा नहुनुले आफूलाई कुनै फरक नपार्ने स्पष्ट पारे।
‘जे सुकै होस्, जित हाम्रै हुन्छ,’ ट्रम्पले भने, ‘हामीले त्यो देश (इरान) लाई पूर्ण रूपमा पराजित गरिसकेका छौँ।’ उनले इरानको वायुसेना, नौसेना र नेतृत्वलाई अमेरिकी सैन्य शक्तिले तहसनहस पारिसकेको दाबी समेत दोहोर्याए।
इरानले अवरुद्ध पारेको विश्वकै महत्त्वपूर्ण जलमार्ग स्ट्रेट अफ होर्मुज खुलाउन अमेरिकाले नै प्रयास गरिरहेको उल्लेख गर्दै ट्रम्पले अन्य देशहरूको कडा आलोचना गरे। उनले डराउने, कमजोर र लोभी देशहरूका लागि अमेरिकाले यो जोखिम उठाइरहेको बताए। यस क्रममा उनले नेटोले अमेरिकालाई कुनै सहयोग नगरेको भन्दै असन्तुष्टि समेत पोखे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ आत्मघाती गोलसँगै दोस्रो स्थानमा २०२६ विश्वकप: रुसको कीर्तिमान तोडिने सङ्घारमा
-
१२ बजे १२ समाचार: रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनदेखि हाकिमका घर जोगाउन सिंहदरबारको जग्गामा बाटोसम्म
-
ओयार्जाबाल चम्किएपछि स्पेनको फराकिलो जित, केप भर्डसँगको बराबरी बिर्साउँदै लयमा फर्कियो
-
आफ्नै अध्यक्षलाई ज्ञानेन्द्र शाहीको जवाफ: जनता कसैको दास होइनन्, त्यो भोट रास्वपाकै हो
-
इथियोपियाको सत्तारूढ ‘प्रोस्परिटी पार्टी’लाई बहुमत
-
पौडी खेल्ने क्रममा डुबेर आठ वर्षीया बालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण