‘घाँटी निमोठ्न खोजे सरकारकै जरो उखेलिन्छ’
सारांश
- नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लवले विद्यार्थी संगठन खारेज गर्ने सरकारी नीति विरुद्धको आन्दोलनमा समर्थन जनाएका छन्।
- विप्लवले विद्यार्थी संगठनहरूलाई आन्दोलन थप सशक्त बनाउन सुझाव दिँदै सरकारको कदमलाई निरङ्कुश प्रवृत्तिको संज्ञा दिएका छन्।
- परिवर्तनका वाहक विद्यार्थी संगठनको घाँटी निमोठ्न खोजे सरकारकै जरो उखेलिने चेतावनी विप्लवले दिएका छन्।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लवले विद्यार्थी संगठन खारेज गर्ने सरकारी नीति विरुद्ध विद्यार्थी संगठनहरूले गरेको विरोध कार्यक्रमप्रति पार्टीको समर्थन रहेको जनाएका छन् ।
नेता विप्लवले आन्दोलनलाई सशक्त बनाउँदै अगाडि बढ्न विद्यार्थी संगठनलाई सुझाव समेत दिएका छन् ।
‘सरकारको यो सोच निरङ्कुश प्रवृत्तिको अभिव्यक्ति हो । विद्यार्थी संगठनहरू सचेतता, खबरदारी, न्याय, विद्रोह र अग्रगमनका वाहक हुन्’, विप्लवले आइतबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपालका सबै निरङ्कुश शासकहरूको अन्त्यमा विद्यार्थीको भूमिका अग्रस्थानमा रहेको छ ।’
साथै उनले जुन संस्था र शक्तिको योगदानले अहिलेको परिवर्तन र सरकार बनेको भन्दै तिनकै घाँटी निमोठ्न खोजे सरकारकै जरो उखेलिने बताएका छन् ।
‘ जुन संस्था र शक्तिको योगदानले यी परिवर्तन भएका छन् र सरकार खडा भएका छन् तिनकै घाँटी निमोठ्न खोजे सरकारकै जरो उखेलिन्छ’, विप्लवको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण