मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

श्रीमान्‌को जासुसी गर्न गुडिरहेको ट्रकको पछाडि झुण्डिएपछि...

आइतबार, २९ चैत २०८२, १० : ५२
आइतबार, २९ चैत २०८२

सारांश

  • चीनको सिनजियाङमा आफ्ना श्रीमान्‌को शंका लागेर एक महिला गुडिरहेको ट्रकको पछाडि झुण्डिएकी छन्।
  • श्रीमान्‌को अफेयरको शंकामा रङ्गेहात समात्न ती महिलाले यस्तो खतरनाक कदम उठाएकी हुन्।
  • प्रहरीले ट्रक चालकलाई सवारी जाँच नगरेको भन्दै जरिवाना र लाइसेन्सको अंक कट्टा गरेको छ।

बेइजिङ । चीनको सिनजियाङ प्रान्तस्थित मारलबेक्सी काउन्टीमा एउटा पत्याउनै नसकिने घटना सार्वजनिक भएको छ। गुडिरहेको ट्रकको पछाडि एक महिला खतरनाक तरिकाले झुण्डिएको देखेपछि मोटरचालकहरूले प्रहरीलाई खबर गरेका थिए। 

प्रहरी टोलीले ट्रक रोकेर अनुसन्धान गर्दा यो कुनै स्टन्ट नभई पारिवारिक ईर्ष्या र शंकाको उपज भएको रहस्य खुलेको छ। सामाजिक सञ्जालमा भाइरल भएका भिडियोहरूमा ती महिला ट्रकको पछाडिको फलामको डन्डीमा बलियोसँग समातेर झुण्डिएको देखिन्छिन्। 

प्रहरीले ट्रक रोकेर सोधपुछ गर्दा ती महिला ट्रक चालककै श्रीमती भएको पाइयो। आफ्ना श्रीमान्‌को अर्कै महिलासँग अफेयर रहेको शंका लागेपछि उनले श्रीमान्‌लाई रङ्गेहात समात्ने योजना बनाएकी थिइन्। श्रीमान् राति ट्रक लिएर घरबाट निस्कन लाग्दा उनी सुटुक्क पछाडि झुण्डिएर पिछा गरेकी थिइन्।

hanging-wife-750x857

प्रहरीका अनुसार ती महिलाको ज्यान जोगिनु निकै ठुलो भाग्य हो। यदि ट्रकको गति अलि बढी भएको भए वा सडकमा खाल्डाखुल्डी भएको भए उनी खसेर गम्भीर दुर्घटना हुन सक्ने अवस्था थियो। स्थानीय सञ्चारमाध्यमले यु थरकी ती महिलाले आफ्नै ज्यान जोखिममा पारेको उल्लेख गरेका छन्।

यो घटनाका कारण उल्टै श्रीमान्‌लाई समेत जरिवाना परेको छ। सवारी चलाउनुअघि आफ्नो गाडी राम्रोसँग चेकजाँच नगरेको भन्दै प्रहरीले चालकलाई २०० युआन जरिवाना र लाइसेन्सको तीन अंक कट्टा गरिदिएको छ। 

चिनियाँ अधिकारीहरूले यस घटनालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै दम्पतीहरूलाई आफ्ना समस्या कुराकानी र परामर्शबाट सुल्झाउन आग्रह गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप