सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सारांश
- नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले वृद्धि भएको छ।
- छापावाल सुनको मूल्य आज प्रतितोला २ लाख ९७ हजार १०० रुपैयाँ कायम भएको छ।
- चाँदीको मूल्यमा पनि सामान्य वृद्धि हुँदै प्रतितोला ४ हजार ९७५ रुपैयाँ पुगेको छ।
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो।
महासंघले सार्वजनिक गरेको नयाँ दरभाउ अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार १०० रुपैयाँ कायम गरिएको छ। यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५४ हजार ७१५ रुपैयाँ तोकिएको छ । जुन शुक्रबार २ लाख ५४ हजार ५४५ रुपैयाँ रहेको थियो।
सुनसँगै आज चाँदीको मूल्यमा पनि केही वृद्धि देखिएको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर ४ हजार ९७५ रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज १० ग्राम चाँदीको मूल्य ४ हजार २६५ रुपैयाँ कायम भएको छ।
अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्य उतारचढावका आधारमा नेपाल सुनचाँदी व्यवसायी महासंघले स्थानीय बजारका लागि दैनिक बिक्री मूल्य निर्धारण गर्दै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रालाई अश्लील म्यासेज गर्ने दुई शिक्षकसहित तीन जना पक्राउ
-
सेयर बजारमा दुई दिनमा १२१ अङ्क वृद्धि
-
शिक्षा–स्वास्थ्यमा लगाइएको कर र प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन मकवानपुर कांग्रेसको माग
-
१८ वर्ष मुनिकालाई सदस्यता वितरणबारे रास्वपाले आयोगलाई पठायो जवाफ
-
लुम्बिनीका १०९ स्थानीय तहमध्ये डुडुवा मात्रै राष्ट्रिय भूमि आयोगको अन्तिम सूचनामा कसरी ?
-
प्रधानमन्त्री कार्यालयको स्वीकृतिबिना कर्मचारीको नयाँ दरबन्दी सृजना गर्न नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण