इन्धन खपत घटाउन काठमाडौँ महानगरद्वारा ‘कार पुलिङ’ प्रणाली कार्यान्वयन
सारांश
- काठमाडौँ महानगरपालिकाले इन्धन खपत घटाउन र खर्च कटौती गर्न आफ्ना अधिकारीहरूका लागि 'कार पुलिङ' प्रणाली कार्यान्वयनमा ल्याएको छ।
- एउटै मार्गबाट कार्यालय आउने कर्मचारीहरूले अब आलोपालो गरी एउटै सवारी साधनको प्रयोग गर्ने व्यवस्था मिलाइएको छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले इन्धनको बढ्दो संकट र खर्च कटौतीलाई ध्यानमा राख्दै आफ्ना अधिकारीहरूका लागि ‘कार पुलिङ’ (सवारी साधन बाँडेर चढ्ने) प्रणाली कार्यान्वयनमा ल्याएको छ । कार्यवाहक प्रमुख सुनिता डंगोलले इन्धन अभावबाट सिर्जना हुनसक्ने दीर्घकालीन नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न यस्तो निर्णय गरिएको जानकारी दिएकी हुन् ,
विश्वव्यापी रूपमा देखिएको इन्धन अभावको असरलाई मध्यनजर गर्दै महानगरले आफ्ना अधिकारीहरूलाई उपलब्ध गराइएका सवारी साधनहरू अबदेखि आलोपालो प्रणालीमा सञ्चालन गर्ने व्यवस्था मिलाएको हो ।
यस प्रणालीको आवश्यकता औँल्याउँदै कार्यवाहक प्रमुख डंगोलले भनिन्– ‘विश्वभर इन्धनको अभाव छ । यसबेला पहिलेकै अवस्थामा सवारी साधन सञ्चालन गर्दा अत्यावश्यक काम र सेवाका लागि आवश्यक पर्ने इन्धन पनि नपाइने हुन सक्छ । यस्तो समस्या आउन नदिन इन्धनको प्रयोगलाई घटाउनुको विकल्प छैन । त्यसैले हामीले ‘कार पुलिङ’ कार्यक्रम सुरु गरेका हौँ ।’
महानगरपालिकाले यसअघि नै ४८ औँ कार्यपालिका बैठकबाट इन्धन कोटामा कटौती गर्ने निर्णय गरिसकेको छ । सोही निर्णयलाई थप प्रभावकारी बनाउन ‘कार पुलिङ’ को अवधारणा ल्याइएको हो ।
के हो ‘कार पुलिङ’ र कसरी हुन्छ कार्यान्वयन ?
महानगरका अनुसार यस कार्यक्रमका लागि कर्मचारी तथा अधिकारीहरूको बसोबास क्षेत्रका आधारमा समूह बनाइएको छ । एउटै रुट वा क्षेत्रबाट कार्यालय आउने–जाने अधिकारीहरूले अब एउटै सवारी साधन प्रयोग गर्नुपर्नेछ ।
समूहमा रहेका अधिकारीहरूले आफूसँग भएका सवारी साधन आलोपालो निकाल्नुपर्नेछ र सोही सवारीमा आफ्नो क्षेत्रका अन्य अधिकारीहरूलाई पनि कार्य थलोसम्म ल्याउने र पुर्याउने गर्नुपर्नेछ ।
यो प्रणाली लागू भएसँगै कार्यालय प्रयोजनका लागि सडकमा गुड्ने सवारी साधनको सङ्ख्यामा कमी आउने र इन्धनको ठुलो हिस्सा बचत हुने महानगरको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
-
बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन
-
साढे १३ लाखभन्दा बढी पुगे व्यावसायिक फर्म, सात वर्षमा सवा ४ लाख थपिए
-
रास्वपा महाधिवेशन: प्रतिनिधि कार्ड वितरणमा ढिलाइ भएपछि बन्द सत्र स्थगित
-
इजरायल केयरगिभर भाषा परीक्षा विवादमा, आन्दोलन गर्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण