शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

साइडलाइनबाट स्पटलाइटसम्म : दरबारमार्गमा एम्पुटी रनवे नेपाल २०२६ आयोजना

आइतबार, २९ चैत २०८२, १३ : १५
आइतबार, २९ चैत २०८२

सारांश

  • निर्मला फाउन्डेसनको आयोजनामा काठमाडौँको दरबारमार्गमा एम्पुटी रनवे नेपाल २०२६ भव्य रूपमा सम्पन्न भएको छ।
  • शारीरिक अपाङ्गता भएका २० जनाभन्दा बढी व्यक्तिहरूले रनवेमा उत्रिएर आफ्नो आत्मविश्वास र क्षमता प्रदर्शन गरेका छन्।
  • यस कार्यक्रमले कृत्रिम अङ्ग प्रयोग गर्ने व्यक्तिहरूप्रति समाजको दृष्टिकोण बदल्ने र सचेतना फैलाउने लक्ष्य राखेको छ।

काठमाडौँ । सुन्दरता शरीरमा मात्र होइन, आत्मविश्वास र पहिचानमा हुन्छ भन्ने सन्देशका साथ दरबारमार्गमा एम्पुटी रनवे नेपाल २०२६ भव्य रूपमा सम्पन्न भएको छ। निर्मला फाउन्डेसनको आयोजनामा शनिबार साँझ क्लब प्लेटिनममा आयोजित यस विशेष कार्यक्रममा शारीरिक अपाङ्गता भएका २० जनाभन्दा बढी व्यक्तिहरूले रनवेमा उत्रिएर आफ्नो आत्मविश्वास प्रदर्शन गरे।

Amputee Nepal_

‘साइडलाइनबाट स्पटलाइटसम्म’ भन्ने नाराका साथ सञ्चालित यो फेसन शो केवल र्‍याम्प वाक मात्र नभई क्षमता र आत्मबलको उत्सवका रूपमा प्रस्तुत भएको थियो। विश्वभर अप्रिल महिनालाई अङ्ग गुमाउनेहरूका लागि सचेतना महिनाका रूपमा मनाइने गरिन्छ। सोही अवसर पारेर आयोजना गरिएको यस कार्यक्रमले कृत्रिम हातखुट्टा (प्रोस्थेटिक) प्रयोग गर्ने व्यक्तिहरूका प्रति समाजको दृष्टिकोण बदल्ने र सचेतना फैलाउने लक्ष्य राखेको आयोजकले जनाएको छ।

Amputee Nepal_-1979

सहभागीहरूलाई कार्यक्रमका लागि विगत दुई सातादेखि विशेष प्रशिक्षण, ग्रुमिङ र व्यक्तित्व विकासका कक्षाहरू प्रदान गरिएको थियो। रनवेमा विभिन्न पेशा र पृष्ठभूमिका महिला, पुरुष तथा अन्य सहभागीहरूले डिजाइनर पहिरनसँगै आफ्नो प्रोस्थेटिकलाई कमजोरीको रूपमा नभई शक्तिको रूपमा प्रस्तुत गर्दा दर्शकहरू निकै उत्साहित देखिन्थे। कार्यक्रममा सहभागीहरूले आफ्नो जीवनको संघर्ष, प्रतिभा र अटल आत्मबललाई कथाका रूपमा समेत प्रस्तुत गरेका थिए।

Amputee Nepal_-1980

साथै, कार्यक्रमले कृत्रिम हातखुट्टा प्रयोग गर्ने व्यक्तिहरूको उचित हेरचाह र व्यवस्थापन कसरी गर्ने भन्नेबारे पनि प्राविधिक जानकारी प्रदान गरेको थियो। आयोजकका अनुसार सौन्दर्यलाई शरीरको बनावटसँग मात्र जोडेर हेरिने सामाजिक मान्यतालाई यस प्लेटफर्मले चुनौती दिएको छ।

Amputee Nepal_-1981Amputee Nepal_-1982Amputee Nepal_-1983Amputee Nepal_-1984Amputee Nepal_-1985Amputee Nepal_-1986Amputee Nepal_-1988Amputee Nepal_-1989

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप