भिरबाट कार खस्दा एक जनाको मृत्यु
आइतबार, २९ चैत २०८२, १५ : ०९
१
सारांश
- काठमाडौँको दक्षिणकालीमा हेटौँडाबाट आउँदै गरेको कार भिरबाट खस्दा एक जनाको मृत्यु भएको छ ।
- दुर्घटनामा काठमाडौँ महानगरपालिका-७ का ३४ वर्षीय सुरज खड्काको निधन भएको छ ।
- प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ भने शव निकाल्ने प्रयास भइरहेको छ ।
काठमाडौँ । काठमाडौँको दक्षिणकालीमा निजी कार भिरबाट खसेर दुर्घटना भएको छ । हेटौँडाबाट काठमाडौँ आउँदै गरेको बिएबी–५२८१ नम्बरको कार आइतबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका–७ का ३४ वर्षीय सुरज खड्का छन् ।
दक्षिणकाली नगरपालिका–८ स्थित रानिभिरमा कार सडकबाट करिब ७ सय मिटर तल खसेको छ । प्रहरी र सशस्त्रको टोलीले शव र कार निकाल्ने प्रयास गरिरहेको छ । घटनाबारे प्रहरी प्रभाग फर्पिङले अनुसन्धान सुरु गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण