काफलको रुखमुनि मृत फेला परेकी किशोरीको शव परीक्षणमै ढिलाइ, अनुसन्धान अल्झियो
सारांश
- बैतडीको पुर्चौडीस्थित जङ्गलमा मृत फेला परेकी किशोरीको शव परीक्षणमा ढिलाइ हुँदा अनुसन्धान प्रभावित भएको छ।
- मृतकका आफन्तले हत्याको आशंका गरेपछि प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
- शव परीक्षणका लागि खटिएका चिकित्सक तालिममा रहेकाले रिपोर्ट आउन बाँकी छ।
धनगढी । ११ दिनअघि बैतडीको पुर्चौडीस्थित जङ्गलमा काफलको रुखमुनि लडिरहेको अवस्थामा मृत फेला परेकी किशोरीको शव परीक्षणमै ढिला हुँदा अनुसन्धान प्रक्रिया नतिजामुलक हुन सकेको छैन ।
पुर्चौडी नगरपालिका–३ घर भई स्थानीय मालिका माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत १६ वर्षीय गमला पार्कीको शव रुखमुनि फेला परेको हो । उनको मृत्यु शङ्कास्पद देखिएको छ ।
काफलको रुखको फेदमा गमलाको शव उत्तानो अवस्थामा फेला परेको थियो । उनले बैजनी र कलेजी रङको सुट लगाएकी थिइन् भने घाँटीमा सल बेरिएको थियो ।
शव भुइँमा फेला परेका कारण पनि उनले आत्महत्या गरेको नभई कसैले हत्या गरेको हुन सक्ने स्थानीयको आशंका छ ।
विद्यालयबाट घर फर्कने क्रममा हराएकी गमलाको घरबाट करिब एक किलोमिटर टाढा जङ्गलमा यसरी शव भेटिनुले घटनालाई थप रहस्यमय बनाएको छ ।
घटना सार्वजनिक भएलगत्तै जिल्ला प्रहरी कार्यालय बैतडीले अनुसन्धान अघि बढाए पनि हत्या वा आत्महत्या के हो भन्ने प्रस्ट भइसकेको छैन । मृतकका आफन्तले गमलाको मृत्यु स्वाभाविक नभएको भन्दै आत्महत्या दुरुत्साहन मुद्दामा उजुरी दिएका छन् । सोही जाहेरीका आधारमा प्रहरीले स्थानीय एक युवकलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी सुरज सिंहले घटनामा एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए । उनीसँग सोधपुछ भइरहेको प्रहरीको भनाइ छ ।
प्रहरी निरीक्षक सिंहका अनुसार गमलाको शव परीक्षणका लागि डडेलधुरा अस्पतालमा पठाइएको भए पनि सम्बन्धित चिकित्सक तालिमका क्रममा धनगढी रहेका कारण शव परीक्षण हुन सकेको छैन ।
सम्बन्धित चिकित्सक आइतबार डडेलधुरा फर्कने जानकारी प्राप्त भएको र शव परीक्षण रिपोर्टका आधारमा अनुसन्धान टुङ्गोमा पुर्याइने प्रहरीले जनाएको छ ।
प्रहरीले अहिले पक्राउ परेका व्यक्तिसँगको बयानलाई आधार मानेर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोटेश्वरमा कारले ४ वटा मोटरसाइकललाई ठक्कर दियो, ५ जना घाइते
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
-
बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन
-
साढे १३ लाखभन्दा बढी पुगे व्यावसायिक फर्म, सात वर्षमा सवा ४ लाख थपिए
-
रास्वपा महाधिवेशन: प्रतिनिधि कार्ड वितरणमा ढिलाइ भएपछि बन्द सत्र स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण