बाली तथा पशुधन बिमाबापतको ‘प्रिमियम’ रु एक अर्ब ६० करोड भुक्तानी
सारांश
- सरकारले बाली तथा पशुधन बिमाको प्रिमियममा १ अर्ब ६० करोड अनुदान भुक्तानी गरेको छ।
- गत आर्थिक वर्षमा पशुपन्छी बिमामा १ अर्ब ४३ करोड र बाली बिमामा १७ करोड भुक्तानी भएको हो।
- सूचना अधिकारीका अनुसार, हालसम्म करिब ९० लाख भुक्तानी भएको छ र केही बिमालेख प्रमाणीकरण हुँदैछन्।
काठमाडौँ । सरकारले बाली तथा पशुधन बिमाको ‘प्रिमियम’मा अनुदानबापत रु एक अर्ब ६० करोड भुक्तानी गरेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत आर्थिक वर्षमा पशुपक्षी बिमातर्फ रु एक अर्ब ४३ करोड तथा बाली बिमातर्फ रु १७ करोड भुक्तानी गरेको हो ।
पशुपक्षी तथा मत्स्यतर्फ एक लाख ६६ हजार ७११ र बाली धनतर्फ एक हजार ६३४ गरी एक लाख ६८ हजार ३४५ बिमालेख जारी गरिएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए ।
जारी गरिएका बिमालेखलाई नेपाल बिमा प्राधिकरणले प्रमाणीकरण गरेपछि किसानलाई भुक्तानी गरिन्छ । मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म बिमा बापतको करिब रु ९० लाख भुक्तानी गरेको छ । जारी गरिएका केही बिमालेख प्रमाणीकरणको चरणमा रहेका सूचना अधिकारी जोशीले बताए ।
बिमा कम्पनीले बिमा गरेको ३० दिनभित्र प्रदेशस्थित कृषि, मत्स्य तथा पशुपन्छी कार्यालयको सिफारिससहित बिमा प्राधिकरणमा अनुदानका लागि निवेदन दिनुपर्छ । कृषकलाई जोखिम कम गर्न र लगानी सुरक्षित गर्न सरकारले बाली तथा पशुधन बिमाको प्रिमियममा रु ५० लाखसम्मको बिमामा ८० प्रतिशत र सोभन्दा बढीको बिमामा ६५ प्रतिशतसम्म अनुदान उपलब्ध गराउने गरेको जोशीले बताए ।
कृषिमा निजी तथा सहकारी क्षेत्रको लगानी सुरक्षा र आकर्षण बढाउन बिमा कार्यक्रममा बाली, माछा र पशुपन्छीलाई समावेश गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण