बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नयाँ वर्षमा बेगनास तालमा ‘माछा महोत्सव’

सोमबार, ३० चैत २०८२, ०५ : ३७
सोमबार, ३० चैत २०८२

गण्डकी । नेपाली नयाँ वर्ष २०८३ लाई स्वागत गर्न होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथले सोमबार बेगनास ताल किनारमा माछा महोत्सव गर्ने भएको छ ।

संस्थाका अध्यक्ष सुरेश लामिछानेले वेगनास तालसहित लेखनाथ क्षेत्रका तालहरूको प्रचारप्रसारका साथै तालमा माछा उत्पादन गरी आयआर्जनमा सहयोग पुर्‍याउने उद्देश्यले महोत्सव गर्न लागिएको बताए ।

उनका अनुसार सोमबार दिउँसो २ः०० बजेबाट औपचारिक रूपमा सुरु हुने महोत्सव विविध सांस्कृतिक कार्यक्रमसहित राति १२ः०० बजेपछि नयाँ वर्षलाई स्वागत गर्दै सम्पन्न हुनेछ ।

महोत्सवमा बेगनास, रुपालगायत लेखनाथमा भएका अन्य तालबाट पनि माछा ल्याएर बिक्री वितरणको व्यवस्था मिलाइनुका साथै माछाका परिकारको बिक्री तथा प्रवर्द्धन गरिने आयोजकले जनाएको छ ।

महोत्सवमा गायिका रचना रिमालसँगै पोखरेली ब्यान्ड, माया गुरुङ, बालचन्द्र बराललगायत स्थानीय कलाकारको प्रस्तुतिका साथै भजनकीर्तन र मनोरञ्जनात्मक कार्यक्रम गरिने आयोजकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप