इरान वार्तामा नफर्किए पनि मलाई कुनै परवाह छैन : ट्रम्प
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा फर्किए वा नफर्किए आफूलाई कुनै परवाह नभएको बताएका छन्।
- अमेरिकाले इरानमाथि सैन्य दबाब र कडा नाकाबन्दी लगाउने रणनीति अघि बढाएको छ।
- अमेरिकी नौसेनाले स्ट्रेट अफ होर्मुजमा इरानी जहाजहरू रोक्ने तयारी गरेको छ।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता असफल भएपछि आफ्नो अडान थप कडा पारेका छन्। जोइन्ट बेस एन्ड्रुजमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले इरान फेरि वार्ताको मेचमा फर्किए वा नफर्किए आफूलाई कुनै फरक नपर्ने स्पष्ट पारेका हुन्।
उनले इरानलाई दबाबमा राख्न अमेरिकाले अब सैन्य शक्तिको प्रयोग र कडा नाकाबन्दीलाई नै प्राथमिकता दिने सङ्केत दिएका हुन्। राष्ट्रपति ट्रम्पले भने, ‘इरान वार्तामा फर्किए पनि ठिक छ, नफर्किए पनि मलाई कुनै परवाह छैन।’
यो भनाइले अमेरिका अब कूटनीतिक बाटोभन्दा पनि प्रत्यक्ष दबाबको रणनीतिमा अघि बढेको पुष्टि गर्छ। ट्रम्पको यो अभिव्यक्ति इस्लामावादमा भएको म्याराथन वार्ता बिना निष्कर्ष टुङ्गिएपछि आएको हो, जसले दुई देशबिचको तनावलाई नयाँ उचाइमा पुर्याएको छ।
यसैबीच, अमेरिकी सेनाले सोमबारदेखि नै इरानी बन्दरगाहहरूमा पूर्ण नाकाबन्दी सुरु गर्ने तयारी गरेको छ। ट्रम्पले स्ट्रेट अफ होर्मुजबाट भित्र छिर्ने वा बाहिर निस्कने हरेक जहाजलाई अमेरिकी नौसेनाले रोक्ने घोषणा गरेका छन्। उनले इरानलाई अवैध शुल्क बुझाउने कुनै पनि जहाजले अन्तर्राष्ट्रिय समुद्रमा सुरक्षित यात्रा गर्न नपाउने चेतावनी समेत दिएका छन्।
अमेरिकाको यो कठोर कदमले विश्वको मुख्य तेल आपूर्ति मार्गमा ठुलो अवरोध सिर्जना गर्ने देखिएको छ। होर्मुजमा हुने नाकाबन्दीले विश्वभर इन्धनको अभाव र मूल्यवृद्धि गराउन सक्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।
ट्रम्पले इरानको आर्थिक मेरुदण्ड मानिने तेल निर्यातलाई पूर्ण रूपमा ठप्प पार्ने रणनीति लिएसँगै पश्चिम एसियामा युद्धको खतरा झन् गहिरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण