सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
ब्याजदर

९ बैंकले ब्याजदर घटाए, कृषि विकास बैंकले भने बढायो (सूचीसहित)

सोमबार, ३० चैत २०८२, १० : १२
सोमबार, ३० चैत २०८२

सारांश

  • वैशाख महिनाका लागि नौवटा वाणिज्य बैंकले आफ्नो ब्याजदर घटाएका छन्।
  • दशवटा बैंकले भने आफ्नो ब्याजदरलाई यथावत राखेका छन्।
  • कृषि विकास बैंकले भने बचत र मुद्दती निक्षेपको ब्याजदरमा वृद्धि गरेको छ।

काठमाडौं । वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि प्रकाशन गरेको ब्याजदर तालिका अनुसार अधिकांश बैंकले ब्याजदर घटाएका छन् । 

विवरण अनुसार १० बैंकको ब्याजदर स्थिर छ । यसरी ब्याजदर स्थिर राख्ने बैंकहरूमा प्राइम कमर्शियल बैंक, नेपाल बैंक, ग्लोबल आईएमई बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र एनएमबि बैंक रहेका छन् । 

त्यस्तै, ९ बैंकले ब्याजदर घटाएका छन् । यी बैंकहरूमा सिद्धार्थ बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिटिजन्स बैंक, हिमालयन बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक र राष्ट्रिय वाणिज्य बैंक छन् । 

सिद्धार्थ बैंक तथा एनआईशी एशिया बैंकले मुद्दतीतर्फ व्यक्तिगत र संस्थागत दुवैतर्फ अधिकतम ब्याजदरलाई ०.२५ प्रतिशत विन्दुले तल झारेको छ । हिमालयन बैंकले क्रमशः ०.५० र ०.२५ प्रतिशत विन्दुले तल झार्दा अन्य बैंकले व्यक्तिगत निक्षेपतर्फको ब्याजदर घटाएका छन् । नबिल बैंकले भने संस्थागत निक्षेपको ब्याज मात्रै घटाएको छ । 

व्यक्तिगततर्फ सिटिजन्स बैंकले ०.३५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ०.२५, एभरेष्ट बैंकले ०.२०, कुमारी बैंकले ०.०७, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ०.०१ प्रतिशत विन्दुले घटाउँदा नबिल बैंकले संस्थागततर्फ ०.५४ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ । 
यसपटक ब्याजदर बढाउने एकमात्र बैंक कृषि विकास बैंक रहेको छ । उक्त बैंकले साधारण बचत खातादेखि संस्थागत मुद्दती निक्षेपसम्मको ब्याजदरमा ०.०३ प्रतिशत विन्दुले वृद्धि गरेको छ ।

bank
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप