बन्ने भयो फिल्म ‘रत्यौली’
काठमाडौँ । नयाँ वर्ष २०८३ सालको अवसर पारेर अभिनेत्री पूजा शर्माले नयाँ फिल्म ‘रत्यौली’ निर्माण घोषणा गरेकी छन् । नाईटिङ्गेल ईन्टरटेन्मेन्ट प्रा.लि र पूजा शर्मा प्रोडक्सको निर्माणमा तयार हुन लागेको फिल्ममा पूजा र विजय बरालको मुख्य अभिनय रहनेछ । विजय र पूजाले फिल्मको पर्दामा पहिलो पटक काम गर्न लागेका हुन् ।
मुस्कान ढकालको निर्देशन रहने फिल्मलाई सुरज आचार्यले निर्माण गर्दैछन् । १ सय भन्दा बढी नेपाली फिल्ममा प्रोडक्सन डिजाइनरको रूपमा काम गर्दै आएका सुरज आचार्यले उचाइ, फर्जी, मिराई, टिसोन नाइडु, दश का दम लगायतका फिल्ममा लाइन प्रोड्यूसरको रूपमा काम गरिसकेका छन् । ३२ आचार्यले ‘मेरो लभ स्टोरी, कर्म योद्धा’मा सह–निर्माता र ‘वरमाला’मा निर्माताको रूपमा यसअघि काम गरेका थिए ।
फिल्म घोषणासँगै निर्माण युनिटले एक पोस्टर पनि सार्वजनिक गरेको छ । पोस्टरमा विजय र पूजा रत्यौलीमा नाचिरहेको देख्न सकिन्छ । पूजाले दौरा सुरुवाल र नेपाली टोपी लगाएकी छिन् । साथै, उनको ओठमा जुँगा देख्न सकिन्छ । यसबाट पनि फिल्म रमाइलो बन्ने विश्वास गर्न सकिन्छ ।
फिल्मको विषयमा अरू केही पनि खुलाइएको छैन । पहिलो पटक फिल्मको पर्दामा देखिन लागेका विजय र पूजाको जोडी दर्शकका लागि चासो रूपमा रहने पक्का देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आप्रवासीहरूको नागरिकता खोस्ने अभियान तीव्र बनाउँदैछ ट्रम्प प्रशासन
-
क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ७ चिनियाँ नागरिक पक्राउ
-
दक्षिण एसियाका विज्ञहरूले चीनका बारेमा के भने ?
-
कर्णालीका अर्थमन्त्रीः आफै अध्यक्ष रहेको ऐथलेटिक्स संघ आयोजक, खर्च सबै सरकारले बेहोर्ने
-
कृषि तथा जलस्रोतका नवप्रवर्तनलाई विस्तार गर्न क्षमता विकास कार्यक्रम
-
संविधान संशोधन बहस कार्यदलले पूर्वप्रधानमन्त्री भट्टराईसँग गर्यो छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण