मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अमेरिकी नाकाबन्दी ‘खतरनाक र गैरजिम्मेवार’ : चीन

मङ्गलबार, ०१ वैशाख २०८३, १४ : २२
मङ्गलबार, ०१ वैशाख २०८३

सारांश

  • चीनको विदेश मन्त्रालयले इरानी बन्दरगाहमा लगाइएको अमेरिकी नाकाबन्दीलाई खतरनाक र गैरजिम्मेवार भन्दै आलोचना गरेको छ ।
  • चीनले उक्त कदमले खाडी क्षेत्रमा तनाव बढाउने र युद्धविरामलाई कमजोर पार्ने बताएको छ ।
  • चीनले इरानबाट ठूलो मात्रामा तेल आयात गर्ने भएकाले यस क्षेत्रमा स्थिरता कायम होस् भन्ने चाहना राखेको छ ।

काठमाडौँ । चीनको विदेश मन्त्रालयले इरानी बन्दरगाहहरूमा लगाइएको अमेरिकी नाकाबन्दीलाई “खतरनाक र गैरजिम्मेवार” कदम भन्दै कडा आलोचना गरेको छ । 

यो नाकाबन्दी अमेरिका र इरानबिच पाकिस्तानमा भएको शान्ति वार्ता असफल भएको एक दिनपछि सोमबार लागू गरिएको हो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले पत्रकार सम्मेलनमा बोल्दै उक्त कदमले “तनाव झन् बढाउने र पहिले नै कमजोर रहेको युद्ध विरामलाई कमजोर पार्ने” बताएका छन् ।

उनले भने, “यो खतरनाक र गैरजिम्मेवारपूर्ण व्यवहार हो ।” स्ट्रेट अफ हार्मुज र खाडी क्षेत्रमा बढ्दो तनावबिच चीनले यस कदमप्रति चिन्ता व्यक्त गरेको हो । 

बीबीसीका कूटनीतिक संवाददाता जेम्स लन्डालका अनुसार चीनले इरानबाट ठुलो मात्रामा तेल आयात गर्ने भएकाले यस द्वन्द्व अन्त्य भई अन्तर्राष्ट्रिय बजारमा स्थिरता फर्कियोस् भन्ने स्वार्थ राख्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप