केकीले घोषणा गरिन् फिल्म ‘स्टेशन’
सारांश
- अभिनेत्री केकी अधिकारीले नयाँ वर्षको अवसर पारेर 'स्टेशन' नामक नयाँ फिल्म निर्माणको घोषणा गरेकी छन्।
- सुलक्षण भारतीको निर्देशनमा बन्ने यो फिल्म भदौ १९ गते रिलिज हुने भएको छ।
- सामाजिक कथामा आधारित रहने सो फिल्मको निर्माता बद्री अधिकारी हुन्।
काठमाडौँ । अभिनेत्री केकी अधिकारीले नयाँ फिल्म निर्माणको घोषणा गरेकी छन् । नयाँ वर्षको अवसर पारेर उनले मंगलबार फिल्म ‘स्टेशन’ निर्माण घोषणा गरेकी हुन् ।
फिल्म घोषण गर्दै केकीले सामाजिक सञ्जालमा लखेकी छन्, ‘वर्ष बदलिँदा, समय बदलिँदा कथा पनि बदलिन्छ । तर, सपनाको रङ्ग उस्तै रहन्छ । त्यही रङ्गले कोरेको हाम्रो नयाँ यात्रा– स्टेशन ।’
‘हामी नयाँ सोच र कथासहित आउने नयाँ वर्षको यो अवसरमा प्रण गर्छौँ’, उनले अगाडि भनेकी छन् ‘बदलिएको समयमा बदलिएको अथवा फरक कथा लिएर आउने छौँ ।’ उनले फिल्म भदौ १९ गते रिलिज हुने समेत बताएकी छन् । ‘स्टेशन’लाई सुलक्षण भारतीले निर्देशन गर्नेछन् । कथा पनि निर्देशक स्वयंको रहनेछ । फिल्मको निर्मातामा बद्री अधिकारी हुन् ।
केकी अधिकारी फिल्मसको ब्यानरमा बन्ने फिल्ममा सोसल ड्रामाको रूपमा निर्माण हुनेछ । फिल्ममा को–को कलाकार रहनेछन् भन्ने केही खुलाइएको छैन । कलाकार र प्राविधिक टिमबारे केही समयपछि जानकारी दिने केकीले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
-
इजरायली प्रधानमन्त्रीका दाजु ५० वर्षअघि कुन मिसनमा मारिएका थिए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण