सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्रीले समानुपातिक सांसदहरूसँग भाेलि अन्तरक्रिया गर्ने

मङ्गलबार, ०१ वैशाख २०८३, २१ : ५७
मङ्गलबार, ०१ वैशाख २०८३

सारांश

  • प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार सङ्घीय संसद्का समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्ने भएका छन्।
  • सिंहदरबारमा आयोजना हुने उक्त कार्यक्रममा सांसदहरूले आ-आफ्ना क्लस्टरका समस्या र समाधानका उपायबारे धारणा राख्नेछन्।
  • यस अन्तरक्रियामार्फत जनप्रतिनिधि र कार्यपालिकाबिच प्रत्यक्ष संवाद स्थापित गरी नीति निर्माणलाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको छ।

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र(बालेन) शाहले सबै पार्टीबाट सङ्घीय संसद्‌मा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग बुधबार अन्तरक्रिया गर्ने भएका छन् । 

कार्यक्रम मध्याह्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

कार्यक्रममा सांसदहरूले आ–आफ्ना क्लस्टरका समस्या, चुनौती तथा समाधानका उपायबारे प्रत्यक्ष रूपमा धारणा प्रस्तुत गर्नेछन्। 

यस अन्तरक्रियामार्फत जनप्रतिनिधि र कार्यपालिकाबिच प्रत्यक्ष संवाद स्थापित गरी नीति निर्माण तथा कार्यान्वयनलाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको छ ।

कार्यक्रमलाई सुशासन, उत्तरदायित्व र जनमुखी शासन प्रणाली सुदृढ गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप