आईटीएफ टेनिस छनोट: भारत, पाकिस्तान र श्रीलंकाको जित
सारांश
- काठमाडौँमा जारी आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस छनोटमा मंगलबार भारत, पाकिस्तान र श्रीलंकाले जित हात पारेका छन्।
- भारतले ब्वाइज र गर्ल्स दुवै विधामा भुटान र माल्दिभ्सलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ।
- श्रीलंकाले गर्ल्सतर्फ पाकिस्तानलाई हराउँदै लगातार दोस्रो जित दर्ता गरेको छ।
काठमाडौँ । काठमाडौंमा जारी आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस कम्पिटिसन (दक्षिण एसियाली क्षेत्रीय छनोट) मा मंगलबार भारत, पाकिस्तान र श्रीलंकाले सफलता हात पारेका छन्। सातदोबाटोस्थित टेनिस कोर्टमा भएको प्रतिस्पर्धामा भारतले ब्वाइज र गर्ल्स दुवै विधामा सानदार जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ।
ब्वाइजतर्फ समूह ‘ए’ को खेलमा भारतले भुटानलाई ३–० को सोझो सेटमा पराजित गर्यो। त्यस्तै, गर्ल्सतर्फको खेलमा पनि भारतले माल्दिभ्समाथि ३–० कै जित निकाल्यो। भुटान र माल्दिभ्सका लागि भने यो लगातार दोस्रो पराजय हो। यसअघि सोमबार भएको खेलमा श्रीलंकाले भुटान र माल्दिभ्स दुवैलाई हराएको थियो।
यता ब्वाइजको समूह ‘बी’ मा पाकिस्तानले माल्दिभ्सलाई ३–० ले पाखा लगाउँदै महत्वपूर्ण अंक जोडेको छ। पहिलो दिनको खेलमा नेपालले माल्दिभ्सलाई हराएको थियो, जसका कारण यो समूहको प्रतिस्पर्धा रोचक बनेको छ। गर्ल्सतर्फको अर्को खेलमा श्रीलंकाले पाकिस्तानलाई ३–० ले हराउँदै लगातार दोस्रो जित दर्ता गरेको छ। पाकिस्तानको भने यो लगातार दोस्रो हार हो। प्रतियोगिताको पहिलो दिन नेपालले पाकिस्तानमाथि रोमाञ्चक जित निकालेको थियो।
नेपाल टेनिस संघको आयोजनामा सञ्चालित यस प्रतियोगितामा बंगलादेश बाहेक दक्षिण एसियाका ६ राष्ट्रको सहभागिता रहेको छ। प्रतियोगिताको ब्वाइज र गर्ल्स दुवै विधामा शीर्ष दुई स्थान हासिल गर्ने टोलीहरू सेप्टेम्बर १५ देखि २० सम्म सिंगापुरमा हुने एसियाली फाइनल प्रतियोगिताका लागि छनोट हुनेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
सङ्खुवासभामा पहिरोका कारण तीन परिवार विस्थापित
-
केप भर्डेको पुनरागमन: हेलियो वरेलाको गोलसँगै उरुग्वेविरुद्ध स्कोर २–२
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
उरुग्वेको सनसनीपूर्ण पुनरागमन: केप भर्डेविरुद्ध पहिलो हाफमा २–१ को अग्रता
-
विश्वकपमा केप भर्डेको ऐतिहासिक पहिलो गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण