सभामुखको कार्केडलाई ट्राफिक प्रहरीले चिट काट्यो
बुधबार, ०२ वैशाख २०८३, १२ : ५४
सारांश
- सभामुख डीपी अर्याल सवार कार्गेडलाई थापाथलीमा लेन क्रस गरेको कसुरमा ट्राफिक प्रहरीले चिट काटेको छ।
- भीआईपी गाडी भएकाले बाटोमा नरोकी ट्राफिक प्रहरीले सिंहदरबार पुगेर जरिवाना गरेको हो।
काठमाडौँ । सभामुख डीपी अर्याल सवार कार्केडलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । थापाथलीमा लेन क्रस गरेपछि अर्याल सवार गाडी र अगुवा पछुवालाई ‘लेन क्रस गरेको कसुर’ मा चिट काटिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
बुधवार बिहान थापाथली पुलबाट माइतीघर तर्फ जाँदा सभामुखको कार्केडले लेन क्रस गरेको थियो । ट्राफिक प्रहरीका एक जना अधिकृत भन्छन्, ‘भीआईपीको गाडीलाई सडकमा रोक्न मिलेन त्यसैले पछ्याएर सिंहदरबार पुगेर जरिवाना गरिएको हो ।’
सभामुखको अगुवा गाडी प्रहरीको र पछुवा गाडीमा सैनिक अधिकारीहरू हुन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण