ल्यापटप र प्रिन्टर खरिदमा प्रभु बैंकका ग्राहकलाई १५ र कर्मचारीलाई १८ प्रतिशतसम्म छुट
बुधबार, ०२ वैशाख २०८३, २० : २४
काठमाडौं। नेपालका लागि एसर ल्यापटप र एप्सन प्रिन्टरको आधिकारिक विक्रेता मर्केन्टाइल अफिस सिस्टम प्रा. लि. र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौतापत्रमा मर्केन्टाइलका कार्यकारी निर्देशक सूरज क्षेत्री र प्रभु बैंकका मार्केटिङ म्यानेजर सबिन शमशेर ज.ब.रा ले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार एसर ल्यापटप र एप्सन प्रिन्टरको खरिदमा प्रभु बैंकका कर्मचारीले १८ प्रतिशतसम्म र ग्राहकहरूले ८ देखि १५ प्रतिशतसम्म छुट पाउनेछन् ।
यसका साथै, बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरूले 'इन्स्टापे' मार्फत किस्ताबन्दीमा सामान खरिद गर्न सक्ने सुविधा समेत उपलब्ध गराइएको छ । यो छुट सुविधा मर्केन्टाइल अफिस सिस्टमको आधिकारिक विक्री केन्द्रहरूबाट प्राप्त गर्न सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण