अपडेट
रिहा भएसँगै अमृत झालाई नेपाल ल्याउन परराष्ट्रले थाल्यो पहल
बुधबार, ०२ वैशाख २०८३, २२ : २५
सारांश
- परराष्ट्र मन्त्रालयले इरानमा रिहा भएका अमृत झालाई नेपाल ल्याउन आवश्यक पहल सुरु गरेको छ।
- झाको रिहाइको जानकारी तेहरानस्थित नेपाली अनररी कन्सुल जनरलमार्फत अनौपचारिक रूपमा प्राप्त भएको मन्त्रालयले जनाएको छ।
- नेपाली राजदूतावास दोहा र तेहरानस्थित कन्सुल जनरलले झालाई नेपाल फर्काउने प्रक्रिया अघि बढाएका छन्।
काठमाडौँ । परराष्ट्र मन्त्रालयले अमृत झालाई नेपाल ल्याउन पहल थालेको छ । झा रिहा भएलगत्तै मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उनलाई नेपाल ल्याउन पहल थालिएको जानकारी दिएको हो ।
विज्ञप्तिमा झाको रिहाइका लागि स्थानीय अदालतबाट आदेश भएको भन्ने खबर तेहरानस्थित नेपाली अनररी कन्सुल जनरलमार्फत अनौपचारिक रूपमा प्राप्त भएको जनाएको छ ।
साथै, सो आदेशको विस्तृत विवरण उपलब्ध गराउन र झालाई आवश्यक प्रकृया पूरा गरी नेपाल फर्काउनका लागि तेहरानस्थित नेपाली अनररी कन्सुल जनरल र नेपाली राजदूतावास दोहाबाट पहल जारी राखिएको विज्ञप्तिमा जनाइएको छ ।
इरानको नियन्त्रणमा रहेका ३३ वर्षीय नेपाली युवा झा बुधबार रिहा भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण