नागरिकको राहदानीमा ‘शर्त’ लेख्ने कर्मचारीमाथि अध्यागमन विभागले सुरु गर्यो कारबाही प्रक्रिया
सारांश
- यूएई जान लागेका नेपाली नागरिकको राहदानीमा नियमविपरीत 'शर्त' लेख्ने कर्मचारीमाथि अध्यागमन विभागले कारबाही प्रक्रिया अघि बढाएको छ।
- सामाजिक सञ्जालमा राहदानीमा अनावश्यक हस्तलिखित नोट सार्वजनिक भएपछि विभागले यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
- विभागले भिजिट भिसामा जाने नागरिकका लागि पछिल्लो समय प्रक्रिया थप व्यवस्थित र सरलीकृत गरिएको स्पष्ट पारेको छ।
काठमाडौँ। संयुक्त अरब इमिरेट्स (यूएई) जान लागेका नेपाली नागरिकको राहदानीमा नियमविपरीत केरमेट गरी अनावश्यक ‘शर्त’ लेखिदिने कर्मचारीमाथि अध्यागमन विभागले कारबाही प्रक्रिया अघि बढाएको छ।
सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा यात्रीको राहदानीमा प्रस्थान छाप सँगै हस्तलिखित रूपमा ‘Employment is strictly prohibited. Visit till’ लेखिएको तस्बिर सार्वजनिक भएपछि विभागले यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
विभागका निर्देशक एवं प्रवक्ता टिकाराम ढकालद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, 'कुनै पनि नेपाली नागरिकलाई कानुनभन्दा बाहिर गई शर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै नीति वा निर्णय छैन।
प्रचलित कानुन र विभागीय निर्णय बाहिर गई गैरकानूनी अभ्यास गर्ने कर्मचारीलाई कारबाहीका लागि आन्तरिक छानविन प्रक्रिया अगाडि बढाइएको छ।' अध्यागमन विभागले पछिल्लो समय भिजिट भिसामा विदेश जाने प्रक्रियालाई थप व्यवस्थित र सरलीकृत गरिएको समेत स्पष्ट पारेको छ।
नेपाल सरकारको गत कार्तिक १३ गतेको निर्णयानुसार भिजिट भिसामा जाने नेपाली नागरिकले कम्तीमा ६ महिना वैध अवधि भएको राहदानी, गन्तव्य मुलुकको भिसा र दुईतर्फी हवाई टिकट भएमा 'स्वघोषणा' गरेर सजिलै जान पाउने व्यवस्था गरिएको विभागको भनाइ छ विज्ञप्तिमा भनिएको छ, 'नागरिकको बाध्यतालाई भजाएर हुने ठगी र शोषण नियन्त्रण गर्न विभागले नीतिगत सहजता र प्रणालीको आधुनिकीकरण गरिरहेको छ। यस्तो अवस्थामा कर्मचारीले व्यक्तिगत तजबिजीका आधारमा राहदानीमा अनावश्यक कुरा लेख्नु गलत हो।' विभागले यात्रुहरूको आवागमनलाई झन्झटरहित बनाउन र राष्ट्रिय सुरक्षालाई सुदृढ गर्न आफूहरू प्रतिबद्ध रहेको समेत जनाएको छ।
राहदानी जस्तो संवेदनशील सरकारी कागजातमा कर्मचारीको 'मनपरी' देखिएपछि सर्वसाधारणले सामाजिक सञ्जालमा कडा आलोचना गरेका थिए। सोही आलोचना र सार्वजनिक गुनासोका आधारमा विभागले तत्कालै संलग्न कर्मचारीमाथि छानबिन थालेको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण