शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

अभिनेता सौगात मल्ल भन्छन्, ‘परालको आगो’ले दर्शकको भरोसा टुट्न दिँदैन

बिहीबार, ०३ वैशाख २०८३, १४ : १३
बिहीबार, ०३ वैशाख २०८३

काठमाडौँ । अभिनेता सौगात मल्लले प्रदर्शनको तयारीमा रहेको फिल्म ‘परालको आगो’ले दर्शकको आफू प्रति रहेको भरोसा कायमै रहने बताएका छन् । फिल्म मनोरञ्जन र सन्देश मूलक भएको उनको भनाइ छ ।

वैशाख ११ गतेबाट रिलिजमा आउन लागेको फिल्मलाई लिएर उनी उत्साहित छन् । फिल्म लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । सौगातले यसअघि सुनारसँग ‘कल्ली’ भन्ने फिल्ममा काम गरेका थिए । त्यसैले निर्देशक सुनारको पहिलो प्रस्तावमै फिल्म आफूले स्वीकारेको बताए ।

‘निर्देशक सुनारले राम्रो कथा  भन्नु हुन्छ । त्यो शैली मनपर्छ’ सौगातले भने ‘मैले अहिलेसम्म फिल्म हेरेको छैन । सुनार प्रति भरोसा छ । पक्कै पनि राम्रो फिल्म बनेको छ ।’ 

सौगातले अघिल्ला फिल्मको तुलनामा यस फिल्ममा फरक अभिनय गरेको बताए । उनी फिल्म दर्शकमाझ चर्चामा रहने र आफूलाई दर्शकले रुचाउने कुरामा विश्वस्त छन् ।

सुशील पोखरेलको निर्माण रहेको यस फिल्ममा सौगातको अलवा सुहाना थापा, प्रकाश सपुत, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ लगायतको अभिनय छ । गुरु प्रसाद मैनालीको ‘परालको आगो’ अमरकृति कथामा बनेको यो फिल्म सुशील पोखरेलले बनाएका हुन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप