प्रलोपाले बोलायो केन्द्रीय समितिको विस्तारित बैठक
बिहीबार, ०३ वैशाख २०८३, १४ : १९
सारांश
- प्रगतिशील लोकतान्त्रिक पार्टीले आगामी वैशाख ११ र १२ गते काठमाडौँमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको छ।
- बैठकमा प्रतिनिधि सभा निर्वाचनको समीक्षा र पार्टीको आगामी कार्ययोजनाबारे छलफल हुनेछ।
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)ले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको छ । वैशाख ११ र १२ गते काठमाडौँमा बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएको हो ।
बैठकको एजेन्डामा गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको समीक्षा, पार्टीको आगामी कार्ययोजना रहेको अध्यक्ष परिषद्का अध्यक्ष सन्तोष परियारले जानकारी दिए। परियारका अनुसार बैठकमा केन्द्रीय सदस्य, सल्लाहकार परिषद्, केन्द्रीय विभाग, प्रदेश इन्चार्ज, प्रदेश परिषद्, प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवार सबै सहभागी रहनेछन्।
निर्वाचनमा अनपेक्षित परिणाम आएपछि नैतिकताका आधारमा अध्यक्ष दुर्गा सोव, सुदन किराती र ओजश्वी भट्टराईले राजीनामा दिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण