अपडेट
रास्वपाले तोक्यो प्रधानमन्त्रीसहित सांसद र स्वकीयको लेबी
बिहीबार, ०३ वैशाख २०८३, १४ : ४७
२
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री, मन्त्री, सांसद र उनीहरूका स्वकीयका लागि मासिक लेबी निर्धारण गरेको छ ।
- पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री र मन्त्रीका लागि १८ हजार, सांसदका लागि १६ हजार ५ सय र स्वकीयका लागि २ हजार रुपैयाँ लेबी तोकेको छ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री,मन्त्री सांसद र उनीहरूका स्वकीयले पार्टीलाई बुझाउनुपर्ने लेबी तोकेको छ ।
बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीसहित मन्त्री, सांसद र उनीहरूका स्वकीयको लेबी तोक्ने प्रस्ताव पारित गरेको मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
उनका अनुसार प्रधानमन्त्री र मन्त्रीहरूले मासिक १८ हजार, सांसदहरूले मासिक १६ हजार ५ सय र उनीहरूका स्वकीयले २ हजार लेबी पार्टीमा बुझाउनुपर्ने छ । यद्यपि, सांसदहरूले स्वकीय राख्न पाउने कि नपाउने भन्ने अहिले नै निश्चित भैसकेको छैन ।
रास्वपाका १८२ जना सांसद रहेका छन् भने मन्त्री १६ जना रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको जारी विश्वकपमा ‘थ्री आउट अफ थ्री’ को सानदार रेकर्ड
-
दिगो कृषि तथा खाद्य प्रणालीसम्बन्धी राष्ट्रिय सम्मेलन चितवनमा
-
अनैतिक गतिविधिमा संलग्न २४ जना नियन्त्रणमा
-
भोटिङ मेसिनमा उम्मेदवारको वरीयताप्रति गणेश कार्कीको आपत्ति
-
समूह ‘सी’ को निर्णायक भिडन्तमा ब्राजिल र स्कटल्याण्ड भिड्दै, नेयमार टोली बाहिर
-
स्वीट्जरल्याण्ड समूह विजेता बन्दा कतार बाहिरियो, बोस्नियाको भाग्य अन्य समूहको हातमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण