प्रचण्डको फेरियो बोलीः संसद् विघटन र निर्वाचन हाम्रो एजेन्डा थिएन
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले निर्वाचनमा जाने एजेन्डा आफ्नो नभएको जिकिर गरेका छन् ।
भदौमा भएको जेनजी आन्दोलनको क्रममा धेरै मिहेनत गरेर संविधान बचाएको दाबी गर्दै आएका प्रचण्डले बोली फेरेका छन् । केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको केन्द्रीय संयोजन समितिको बैठकमा सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा उनले अघिल्ला अभिव्यक्ति सच्याएका हुन् ।
बैठकमा जेनजी आन्दोलनपछि पार्टीको पक्षमा माहोल नहुँदा नहुँदै निर्वाचनमा किन गएको भनेर नेतृत्वको आलोचना भएको थियो । फागुन २१ मा सम्पन्न निर्वाचनमा नेकपाले जम्मा १७ सिट जितेको छ । पार्टीको प्रमुख नेतामध्ये प्रचण्ड र वर्षमान पुनले मात्र जितेका थिए । प्रचण्डले पहिलेका अभिव्यक्ति सच्याउँदै आफ्नो कारण नभई राष्ट्रिपति रामचन्द्र पौडेलका कारण निर्वाचनमा जान बाध्य भएको बताएका नेता देवेन्द्र पौडेलले जानकारी दिए ।
‘निर्वाचनमा जाने हाम्रो चाहना थिएन । संसद् विघटन पनि हाम्रो कारणले भएको होइन । राष्ट्रपतिले समस्याको निकास निकाल्न संसद् विघटन गरी निर्वाचनमा जाउँ भनेर प्रस्ताव गरेपछि बाध्य भएर समर्थन गरेको हो भन्नुभयो,’ रातोपाटीसँग पौडेलले भने ।
बैठकमा प्रचण्डले पार्टी रुपान्तरणसहित बृहत् वामपन्थी एकतासम्बन्धमा पनि धारणा राखेको उनले जानकारी दिए । त्यसका लागि पहिला महाधिवेशनबाट पार्टीलाई बलियो बनाएर मात्र एकता र ध्रुवीकरण गर्नुपर्नेमा जोड दिएको पौडेलले बताए ।
‘अहिलेको परिस्थितिमा बृहत्त वामपन्थी एकता आवश्यक छ । त्यसका लागि पहिला पार्टी रुपान्तरण सहित बलियो बनाउन आवश्यक छ । सबै वामपन्थी शक्तिबिच बृहत्त एकता तथा ध्रुवीकरण आवश्यकबारे धारणा राख्नुभयो,’ पौडेलले भने ।
बैठकमा प्रचण्डले १२ बुँदे पक्षधरबिच सहकार्य र मोर्चाबन्दी आवश्यक रहेको बताएका थिए । सहसंयोजक माधव कुमार नेपालले पनि प्रचण्डको धारणालाई समर्थन गरेका थिए । उनले वामपन्थी शक्तिहरूबिचको एकताको विषयमा हतारमा निर्णय गर्न नहुने धारणा राखेका थिए ।
संयोजक र सहसंयोजकले धारणा राखेपछि बैठक स्थगित भएको पौडेलले जानकारी दिए । पौडेलका अनुसार अर्को बैठक शनिबार ११ बजे बस्नेछ । त्यस बैठकले नेताहरूको कार्यविभाजन, आगामी कार्यक्रमबारे निर्णय गर्ने उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण