भक्तपुरमा वाइल्ड फायर नाइट : प्रमोद र दुर्गेश एउटै कन्सर्टमा देखिँदै
सारांश
- भोलि शनिबार भक्तपुरको सल्लाघारीमा भक्तपुर वाइल्ड फायर नाइट आयोजना हुने भएको छ।
- सो साङ्गीतिक कार्यक्रममा प्रमोद खरेल र दुर्गेश थापा पहिलो पटक एउटै मञ्चमा प्रस्तुत हुँदै छन्।
भक्तपुर । भोलि शनिबार भक्तपुरको सल्लाघारीमा भक्तपुर वाइल्ड फायर नाइट आयोजना हुने भएको छ । सो साङ्गीतिक कार्यक्रममा प्रमोद खरेल एन्ड परम्परा ब्याण्ड र दुर्गेश थापा नेतृत्वको साङ्गीतिक टिमले दर्शक नचाउने भएका हुन् ।
भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सवका अवसरमा हुन लागेको सो कन्सर्टमा दुस्मन हेरेको हेरै लगायतका दर्जनौँ चर्चित गीत गाएका थापाको प्रस्तुति रहने भएको छ । कन्सर्टमा खरेल एन्ड परम्परा ब्यान्डको समेत विशेष प्रस्तुति रहने आयोजक औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दीप महतले जानकारी दिए ।
अध्यक्ष महतका अनुसार दुर्गेश र प्रमोद पहिलो पटक एउटै कन्सर्टमा देखिने छन् । चर्चित जोडी एकै स्थानमा हेर्ने मौका भक्तपुर लगायतका स्थानीयवासीलाई उपलब्ध हुन लागेको अध्यक्ष महतले बताए । कन्सर्टमा खरेलले झ्यालबाट हेर लगायतका चर्चित गीत गाउने जनाइएको छ ।
कन्सर्ट हेर्न चाहनेले खल्ती लगायतका एप्स प्रयोग गरी दुई सय ५० र पाँच सय रुपैयाँको टिकट लिन सक्ने व्यवस्था मिलाइएको अध्यक्ष महतको भनाइ छ । विगत १२ वर्षदेखि आयोजना हुँदै आएको दसौँ भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सव करिब एक लाख दर्शकले अवलोकन गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
जलवायु संकटको चक्रव्यूहमा नेपाल, इतिहासकै गम्भीर संकट
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण