जनतालाई सहज रूपमा सार्वजनिक सेवा उपलब्ध गराउन सहजीकरण गर्छु : सभापति खड्का
शुक्रबार, ०४ वैशाख २०८३, १४ : २१
सारांश
- नवनिर्वाचित सार्वजनिक लेखा समितिका सभापति भरतबहादुर खड्काले जनतालाई सहज रूपमा सार्वजनिक सेवा उपलब्ध गराउन सहजीकरण गर्ने बताएका छन्।
- उनले मौजुदा कानुन र ऐनको परिधिमा रहेर समयमै काम गर्नुपर्नेमा जोड दिएका छन्।
काठमाडौँ । नवनिर्वाचित सार्वजनिक लेखा समितिका सभापति भरतबहादुर खड्काले जनतालाई सहज रूपमा सार्वजनिक सेवा उपलब्ध गराउन सहजीकरण गर्ने बताएका छन् । समितिको सभापतिमा निर्विरोध भएपछि पत्रकारहरूसँग खड्काले सार्वजनिक सेवा प्रवाहमा सहजीकरणमा आफूले भूमिका खेल्ने बताए ।
‘काम नगरेर बस्नेलाई अब छुट छैन । विभिन्न बहानामा बस्नेलाई छुट छैन । अब परम्परा तोडिन्छ । लेखाले अख्तियारले र सतर्कता केन्द्रले समाउँछ कि भने हुँदैन’ खड्काले भने- ‘ मौजुदा कानुन, ऐनको परिधिमा बसेर समयमा काम गर्नुपर्छ । जनताले सेवा पाउनुपर्छ ।’
सार्वजनिक सेवालाई अब चेतना र परिवेशलाई हेरेर ठिक ढङ्गले व्यवस्थापन गर्नुपर्ने उनको भनाइ थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण