बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

सर्वोच्चको फैसलापछि कांग्रेस महामन्त्रीको प्रतिक्रिया: हामीमाथि जिम्मेवारी थपियो

शुक्रबार, ०४ वैशाख २०८३, २२ : ४३
शुक्रबार, ०४ वैशाख २०८३

सारांश

  • सर्वोच्च अदालतको फैसलाको सम्मान गर्दै नेपाली कांग्रेसका महामन्त्री प्रदिप पौडेलले यसले पार्टी र नेतृत्वमाथि थप जिम्मेवारी थपेको बताएका छन्।
  • उनले लोकतान्त्रिक प्रणालीमा न्यायपालिकाको निर्णय सर्वोपरी हुने भएकाले त्यसलाई हार्दिकताका साथ स्वीकार गर्नुपर्नेमा जोड दिएका छन्।
  • पार्टीभित्रको आन्तरिक एकता कायम राख्दै सबै कार्यकर्ता र शुभेच्छुकलाई समेटेर अगाडि बढ्नु नै अहिलेको मुख्य दायित्व भएको उनको भनाइ छ।

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदिप पौडेलले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्दै यसले पार्टी र नेतृत्वमाथि थप जिम्मेवारी थपेको बताएका छन् । अदालतको फैसलापछि रातोपाटीलाई प्रतिक्रिया दिँदै महामन्त्री पौडेलले लोकतान्त्रिक प्रणालीमा न्यायपालिकाको निर्णय सर्वोपरी हुने र त्यसलाई हार्दिकताका साथ स्वीकार गर्नुपर्ने बताए ।

महामन्त्री पौडेलले भने, ‘सर्वोच्च अदालतको फैसला हामीलाई स्वीकार्य छ। न्यायालयको आदेशको पालना गर्नु र विधिको शासनलाई आत्मसाथ गर्नु हाम्रो धर्म हो। यो फैसलासँगै अब हामीमाथि एउटा नयाँ र गम्भीर जिम्मेवारी थपिएको महसुस गरेका छौँ।’

पार्टीभित्रको आन्तरिक एकता र शुभेच्छुकहरूको भावनालाई समेट्नु अहिलेको प्रमुख आवश्यकता रहेको उनको भनाइ छ। पौडेलले पार्टीका सम्पूर्ण साथीहरू, कार्यकर्ताहरू र कांग्रेसप्रति आस्था राख्ने शुभेच्छुकहरूलाई समेटेर अगाडि बढ्नु नै नेतृत्वको मुख्य दायित्व भएको उल्लेख गरे । सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा शुक्रबार विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कमिटीलाई वैधानिकता दिएको थियो । पौडेल पनि सोही कार्यसमितिका महामन्त्री हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप