मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
कांग्रेस आधिकारिकता विवाद

देउवा पक्षीय नेता खतिवडाले भने– अब सर्वोच्चको फैसला मान्नुपर्छ

शुक्रबार, ०४ वैशाख २०८३, २२ : ५५
शुक्रबार, ०४ वैशाख २०८३

सारांश

  • नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले सर्वोच्च अदालतको पछिल्लो फैसलालाई सबैले स्वीकार गरेर अगाडि बढ्नुपर्ने बताएका छन्।
  • उनले पार्टीभित्रको आन्तरिक विवाद बिर्सेर एकताको खोजी गर्दै संगठनलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिएका छन्।

काठमाडौँ । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले सर्वोच्च अदालतको फैसलालाई सबैले स्वीकार गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । अदालतको फैसलापछि रातोपाटीलाई प्रतिक्रिया दिँदै नेता खतिवडाले पार्टीभित्रको आन्तरिक विवादलाई बिर्सेर अब नयाँ शिराबाट एकताको खोजी गर्नुपर्नेमा जोड दिए । 

शेरबहादुर देउवा पक्षीय नेता खतिवडाले विधिको शासनमा न्यायपालिकाको निर्णय अन्तिम हुने उल्लेख गर्दै भने, ‘सर्वोच्चको फैसला अब सबैले मान्नुपर्छ। यसलाई स्वीकार गर्दै पार्टीलाई थप मजबुत बनाउनु नै अहिलेको बुद्धिमानी हो।’

पार्टीको वर्तमान अवस्थाप्रति संकेत गर्दै उनले कांग्रेस अहिले कमजोर अवस्थामा पुगेको बताए । त्यसैले अब सबै मिलेर अघि बढ्नुको विकल्प नभएको उनको भनाइ छ ।

सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा शुक्रबार विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कमिटीलाई वैधानिकता दिएको थियो । फैसलासँगै देउवा पक्षको रिट खारेज भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप