सर्वोच्चको फैसलालाई स्वीकार गर्न सकिँदैन : विमलेन्द्र निधि
शुक्रबार, ०४ वैशाख २०८३, २३ : १०
४
सारांश
- कांग्रेस नेता विमलेन्द्र निधिले सर्वोच्च अदालतले कांग्रेस विवादसम्बन्धी रिटमा दिएको फैसलालाई स्वीकार नगर्ने बताएका छन् ।
- उनले विशेष महाधिवेशनबाट स्वयं घोषित सभापति र कार्यसमितिलाई नमान्ने स्पष्ट पारेका छन् ।
काठमाडौँ । कांग्रेस नेता विमलेन्द्र निधिले सर्वोच्च अदालतले कांग्रेस विवादसम्बन्धी रिटमा दिएको फैसलालाई आफूले स्वीकार नगर्ने बताएका छन् ।
उनले रातोपाटीसँग कुरा गर्दै भने– ‘म हिजो पनि विशेष महाधिवेशनको पक्षमा थिइन, र आज पनि विशेष महाधिवेशनको पक्षमा छैन । मेरो कुरा स्पष्ट छ ।’
उनले विशेष महाधिवेशनबाट स्वयं घोषित सभापति र कार्यसमितिलाई नमान्ने बताए । निधिले कांग्रेस सभापति गगनकुमार थापाको हस्ताक्षरमा गत फागुन २१ को निर्वाचनमा निधि धनुषा– ३ बाट उम्मेदवार भएका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण