घरेलु मैदानमा चेन्नईलाई रोक्ने दाउमा हैदरावाद, धोनी आज पनि नखेल्ने
सारांश
- आईपीएल अन्तर्गत आज सनराइजर्स हैदरावाद र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ।
- चेन्नईका पूर्व कप्तान महेन्द्र सिंह धोनी आजको खेलमा पनि समावेश हुने छैनन्।
- राजीव गान्धी स्टेडियममा हुने यो खेलमा दुवै टोली जितको लक्ष्यका साथ मैदानमा उत्रिँदैछन्।
हैदराबाद । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज दुईवटा खेल हुँदैछन्। दिनको दोस्रो खेलमा सनराइजर्स हैदरावाद र चेन्नई सुपर किंग्सबिच प्रतिस्पर्धा हुनेछ।
यो खेल हैदरावादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा बेलुका ७:४५ बजे सुरु हुनेछ । स्मरण रहोस्, आजको पहिलो खेल भने रोयल च्यालेन्जर्स बेंगलुरु र दिल्ली क्यापिटल्सबिच एम चिन्नास्वामी स्टेडियममा खेलिनेछ।
अङ्क तालिकामा हाल आठौँ स्थानमा रहेको चेन्नईले कप्तान ऋतुराज गायकवाडको नेतृत्वमा ५ खेलमध्ये २ मा जित हात पारेको छ। आजको खेल जित्दै चेन्नई जितको ह्याट्रिक पूरा गर्ने लक्ष्यमा हुनेछ।
अर्कोतर्फ, हैदरावादले पनि ५ मध्ये २ खेल जितेको छ तर राम्रो रन रेटका कारण अङ्क तालिकाको चौथो स्थानमा छ। हैदरावादले आफ्नो अघिल्लो खेलमा बलियो राजस्थान रोयल्सलाई पराजित गरेको थियो, जुन यस सिजन राजस्थानको पहिलो हार थियो।
- हेड टु हेड : चेन्नईको दबदबा
हेड टु हेडको तथ्याङ्क हेर्दा चेन्नई निकै अगाडि छ। आईपीएल इतिहासमा यी दुई टोलीबिच हालसम्म २३ खेल भएका छन्, जसमा चेन्नईले १६ र हैदरावादले जम्मा ७ खेल जितेका छन्। अर्थात्, हैदरावादविरुद्ध चेन्नईको जित प्रतिशत ६९ छ।
तर, हैदरावादको घरेलु मैदान राजीव गान्धी स्टेडियममा भने घरेलु टोली हाबी छ। यहाँ खेलिएका कुल ५ खेलमध्ये हैदरावादले ३ र चेन्नईले २ खेल जितेका छन्।

- धोनी आज पनि नखेल्ने
चेन्नईका पूर्व कप्तान महेन्द्र सिंह धोनीले आजको खेल पनि गुमाउनेछन्। उनी टोलीसँगै हैदरावाद पुगे पनि मैदानमा फर्किने समय अझै पछि सरेको छ। रिपोर्टका अनुसार, उनी पूर्ण रूपमा फिट हुने क्रममा छन् र मुम्बईविरुद्ध हुने आगामी खेलबाट मैदानमा फर्किन सक्छन्।

- क्लासेन र हैदरावादका नयाँ बलरको सानदार लय
यस सिजन हैदरावादका लागि हेनरिक क्लासेनले सर्वाधिक रन बनाएका छन्। उनले ५ खेलमा २ अर्धशतकसहित २०० भन्दा बढी रन जोडिसकेका छन्। १४२.६७ को स्ट्राइक रेटमा रन बनाइरहेका उनले टोलीको मध्यक्रमलाई निकै बलियो बनाएका छन्।
बलिङतर्फ हर्ष दुबेले ५ खेलमा ५ विकेट लिएर महत्त्वपूर्ण भूमिका निभाएका छन्। त्यस्तै, अघिल्लो खेलमा 'डेब्यु' गरेका फास्ट बलरहरू प्रफुल हिङ्गे र साकिब हुसैनले ४-४ विकेट लिएर सनसनी मच्चाएका थिए।

- सञ्जु र कम्बोज चेन्नईका मुख्य हतियार
चेन्नईका लागि सञ्जु सामसन उत्कृष्ट लयमा देखिएका छन्। उनले ५ खेलमा १ शतकसहित १८५ रन बनाएका छन्। दिल्ली क्यापिटल्सविरुद्ध उनले अविजित ११५ रनको विष्फोटक पारी खेलेका थिए।
बलिङतर्फ अंशुल कम्बोजले सानदार प्रदर्शन गर्दै ५ खेलमा १० विकेट लिइसकेका छन्।
- पिच रिपोर्ट : ब्याटरहरूको स्वर्ग
राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियम फ्ल्याट विकेटका लागि चिनिन्छ, जुन ब्याटिङका लागि निकै अनुकूल छ। यहाँ बलरहरूलाई पनि केही मद्दत मिल्छ, तर प्रायः हाई स्कोरिङ भिडन्तहरू देख्न पाइन्छ।

यस मैदानमा हालसम्म आईपीएलका ८५ खेल भएका छन्, जसमा पहिले ब्याटिङ गर्ने टोलीले ३६ र लक्ष्य पछ्याउने टोलीले ४८ खेल जितेका छन्। एक खेल भने नतिजाविहीन बनेको छ।
यहाँको उच्च स्कोर २८६/६ हो, जुन गत वर्ष हैदरावादले राजस्थानविरुद्ध बनाएको थियो। यस सिजन हैदरावादले यहाँ खेलेका दुई खेलमध्ये एकमा जित र एकमा हार बेहोरेको छ।
- मौसम अपडेट : वर्षाको सम्भावना छैन
आज हैदरावादको मौसम निकै गर्मी रहनेछ। बिहान घमाइलो भए पनि दिउँसो आंशिक बदली रहनेछ। खेलको दिन यहाँको तापक्रम २५ देखि ३९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ। वर्षाको सम्भावना बिल्कुलै नभएकाले दर्शकले बिना कुनै अवरोध खेलको मज्जा लिन पाउनेछन्।
दुवै टोलीको सम्भावित प्लेइङ-१२
- सनराइजर्स हैदरावाद : ट्राभिस हेड, अभिषेक शर्मा, इशान किशन (कप्तान/विकेटकिपर), हेनरिक क्लासेन, सलिल अरोरा, अनिकेत वर्मा, नितिश कुमार रेड्डी, हर्ष दुबे, शिवाङ्ग कुमार, इशान मलिङ्गा र प्रफुल हिङ्गे।
(इम्प्याक्ट प्लेयर: लियाम लिभिङ्स्टोन)
- चेन्नई सुपर किंग्स : सञ्जु सामसन (विकेटकिपर), ऋतुराज गायकवाड (कप्तान), आयुष म्हात्रे, सरफराज खान, डेवाल्ड ब्रेभिस, शिवम दुबे, जेमी ओभरटन, नूर अहमद, अंशुल कम्बोज, खलील अहमद र गुरजपनीत सिंह।
(इम्प्याक्ट प्लेयर: अकिल होसेन)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोटको भेरी नगरपालिकाको निर्णय पुस्तिका हराएको भन्दै खोजीदिन सीडीओसँग गुहार
-
मानव अधिकार रक्षकको सुरक्षाका लागि विशेष कानुन बनाउन माग
-
बैंकिङ कसूर मुद्दामा १३ वर्षदेखि फरार सविता कार्की पक्राउ
-
निको कप महिला टि–ट्वान्टी राष्ट्रिय क्रिकेटमा लुम्बिनीको पहिलो जित
-
बैंकिङ क्षेत्रलाई राष्ट्र बैंकको 'ब्याक-टू-ब्याक' निर्देशन: अविश्वास कि माइक्रो म्यानेजमेन्ट ?
-
इरान युद्धमा मध्यस्थ भूमिका खेलेको पाकिस्तानले पाउला त आर्थिक लाभ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण