शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

गोवाकी साध्वी सैल बनिन् ‘मिस इन्डिया वर्ल्ड २०२६’

आइतबार, ०६ वैशाख २०८३, ११ : ३३
आइतबार, ०६ वैशाख २०८३

सारांश

  • गोवाकी साध्वी सैलले भारतको प्रतिष्ठित 'फेमिना मिस इन्डिया २०२६' को उपाधि जितेकी छन्।
  • उनले अब अन्तर्राष्ट्रिय स्तरको 'मिस वर्ल्ड' प्रतियोगितामा भारतको प्रतिनिधित्व गर्नेछिन्।

एजेन्सी । भारतको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘फेमिना मिस इन्डिया २०२६’को उपाधि गोवाकी साध्वी सैलले जितेकी छन् । शनिबार ओडिशाको भुवनेश्वरस्थित केआईआईटीमा आयोजित ६१औँ मिस इन्डिया प्रतियोगिता साध्वीले देशभरका ३० जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै अन्य प्रतियोगीलाई पछि पर्दै उनले उपाधि चुमेकी हुन् । 

उनलाई ‘मिस इन्डिया वर्ल्ड २०२४’ की विजेता निकिता पोरवालले ताज पहिर्याइदिएकी थिइन् । अब साध्वीले अन्तर्राष्ट्रिय स्तरको  ‘मिस वर्ल्ड’ प्रतियोगितामा भारतको प्रतिनिधित्व गर्नेछिन् ।

विजेताको रूपमा नाम घोषणा हुँदा साध्वी निकै भावुक देखिएकी थिइन् । खुसीले आँखा भरिएकी साध्वीलाई बलिउड अभिनेत्री नेहा धुपियाले मञ्चमा सम्मानित गरिन् । नेहाले साध्वीको हौसला बढाउँदै उनीसँग विशेष पल साटेकी थिइन् ।

प्रतियोगितामा महाराष्ट्रकी राजनन्दिनी फस्ट रनर अप र कश्मीरकी अद्वैता सेकेन्ड रनर–अप घोषित भए । बलिउडका चर्चित कलाकारहरूको उपस्थिति रहेको प्रतियोगितामा अभिनेता ईशान खट्टरले आफ्नो ऊर्जावान नृत्य प्रस्तुतिमार्फत दर्शकलाई मन्त्रमुग्ध पारेका थिए भने चर्चित गायक जुबिन नौटियालले आफ्ना सुमधुर गीतहरू गाएर कार्यक्रममा रौनक थपेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप