बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

शेखर समूह देउवा पक्षको बैठकमा नजाने

आइतबार, ०६ वैशाख २०८३, १४ : १४
आइतबार, ०६ वैशाख २०८३

सारांश

  • नेपाली कांग्रेसको डा. शेखर कोइराला समूह शेरबहादुर देउवा समूहले बोलाएको कार्यसमिति बैठकमा नजाने निर्णय गरेको छ।
  • विशालनगरमा बसेको कोइराला समूहको बैठकले देउवा समूहको बैठकमा सहभागी नहुने निष्कर्ष निकालेको हो।
  • कोइराला समूहले पार्टीभित्र छुट्टै छलफल गरी आफ्नो तरिकाले अगाडि बढ्ने जनाएको छ।

काठमाडौँ । नेपाली कांग्रेसको डा. शेखर कोइराला समूह शेरबहादुर देउवा पक्षले बोलाएको १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठकमा नजाने भएको छ । 

आइतबार बिहान डा. कोइरालाको सचिवालय विशालनगरमा बसेको आफ्नो समूहको बैठकले देउवा समूहले बोलाएको बैठकमा नजाने निष्कर्ष निकालेको हो ।

समूहका नेता निवर्तमान सहमहामन्त्री जीवन परियारले देउवा पक्षले बोलाएको बैठकमा नजाने बताए ।

 ‘हामी हिजो उहाँहरू (देउवा पक्ष)ले बोलाएको बैठकमा पनि गएनौँ,’ परियारले रातोपाटीसँग भने, ‘आज पनि जाँदैनौ । पार्टीभित्र हाम्रो छुट्टै समूह छ । बैठक बसेर आफ्नो तरिकाबाट अगाडि बढ्छौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप