केरा महँगिँदा सत्ता पक्षकै सांसदको कटाक्ष !
सारांश
- उपत्यकाका खुद्रा पसलहरूमा केराको मूल्य अस्वाभाविक रूपमा प्रतिदर्जन ३५० देखि ४०० रुपैयाँसम्म पुगेको छ।
- रास्वपाकी सांसद आशिका तामाङले सामाजिक सञ्जालमार्फत केराको चर्को मूल्यवृद्धिलाई लिएर प्रश्न उठाएकी छन्।
- भारतबाट हुने केरा आयातमा रोक लागेपछि आपूर्तिमा आएको कमी र बिचौलियाको चलखेलका कारण मूल्य बढेको व्यापारीहरूले बताएका छन्।
काठमाडौँ । पछिल्लो समय केराको मूल्य अस्वाभाविक वृद्धि भएको छ । जसका कारण सर्वसाधारणदेखि सांसदसम्मले केराको मूल्यलाई लिएर कटाक्ष गर्न थालेका छन् ।
यसैबिच सत्तापक्षकै एक सांसदले केराको मूल्यलाई लिएर सामाजिक सञ्जालबाट प्रश्न उठाएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की निर्वाचित सांसद आशिका तामाङले आइतबार फेसबुकमा कटाक्ष गर्दै लेखिन्,‘ केरा नै केरा फल्ने देशमा एक दर्जनको रु. ३५०’ ।
सस्तो, सुलभ र स्वास्थ्यवर्द्धक मानिने यो फल अहिले उपत्यकाका खुद्रा पसलहरूमा ३५० देखि ४०० रुपैयाँसम्म पुगेको छ । केही महिना अघिसम्म प्रतिदर्जन १२० देखि १५० रुपैयाँमा पाइने केराको मूल्य ह्वात्तै बढेको हो ।
सरकारले केरामा देखिएको अस्वाभाविक वृद्धि नियन्त्रण गर्नुपर्ने सर्वसाधारणको माग छ ।
व्यापारीहरूका अनुसार भारतीय केराको आयात रोकिँदा माग र आपूर्तिबिच ठुलो खाडल बनेको छ । यही खाडलमा बिचौलियाहरूले खेलिरहेका छन्।
नेपाल सरकारले असोज २ गतेदेखि भारतबाट केरा आयातमा कडाइ गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण