१५औँ महाधिवेशनमा सबै सहभागी हुने अवस्था बनाइन्छ : प्रदीप पौडेल
सारांश
- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा सबैको सहभागिता सुनिश्चित गरिने बताएका छन्।
- उनले पार्टीभित्रका समस्याहरू महाधिवेशनमार्फत नै हल गरिने र असन्तुष्ट पक्षलाई उचित स्थान दिइने उल्लेख गरेका छन्।
- पौडेलले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टीको बृहत्तर हितका लागि काम गर्नुपर्नेमा जोड दिएका छन्।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा सबैको सहभागिता हुने अवस्था बनाइने बताएका छन् । आइतबार काठमाडौँमा कांग्रेस काठमाडौँ जिल्ला कार्यसमितिको बैठकका बिच सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री पौडेलले साे कुरा बताएका हुन् ।
उनले पार्टी भित्रको समस्या महाधिवेशनबाटै हल हुने भन्दै महाधिवेशनमा सबैको सहभागिता हुने अवस्था बनाइने बताए । पार्टीका अग्रज नेताहरूलाई आफुहरुले अभिभावक मान्ने उल्लेख गर्दै पौडेलले पार्टीका निम्ति समर्पित भएर काम गरेका नेताहरूलाई पार्टीको हरेक प्रक्रियामा सहभागी गराइने धारणा राखे ।
उनले अहिलेको अवस्थामा आफ्नो व्यक्तिगत हितका लागि भन्दा पनि पार्टीको बृहत्तर हितका लागि सबै गम्भीर हुनुपर्नेमा जोड दिए । पौडेलले असन्तुष्ट पक्षहरूलाई केन्द्रीय समिति र अरू समितिहरूमा पक्षधरताको आधारमा सहभागी बनाइने बताए ।
विशेष महाधिवेशनको म्यान्डेट र कांग्रेसको विधानभित्र बसेर नै पार्टीलाई एकताबद्ध बनाइने समेत उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
-
पोखरा लेकसाइड नजिकै दुर्घटना, एक युवकको मृत्यु
-
राहदानी छपाइमा १० अर्ब १३ करोडको भ्रष्टाचारः कसलाई कति बिगो मागदाबी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण