शोभा भगवतीस्थित विष्णुमती किनारमा बेवारिसे हातहतियार बरामद
आइतबार, ०६ वैशाख २०८३, २० : ०१
काठमाडौँ । काठमाडौँको शोभा भगवतीस्थित विष्णुमती खोला किनारमा ठुलो परिमाणमा हातहतियार र खरखजाना फेला परेको छ।
काठमाडौँ महानगरपालिका–१५ मा पर्ने उक्त स्थानबाट आइतबार बिहान प्रहरीले ४ थान अत्याधुनिक पेस्तोल र गोली बरामद गरेको हो।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा खानतलासी गर्दा खोला किनारमा लुकाइछिपाइ राखिएको अवस्थामा टाइप ५४ मोडेलका ४ थान पेस्तोल, ७ थान म्यागजिन र ९ एमएम बेरेटा पेस्तोलमा प्रयोग हुने ५८ राउन्ड गोली फेला पारेको हो।
बरामद गरिएका हतियार कसले र कुन प्रयोजनका लागि त्यहाँ राखिएको हो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन। प्रहरीले यस घटनालाई गम्भीरतापूर्वक लिँदै उक्त क्षेत्रमा सुरक्षा निगरानी बढाएको छ।
घटनाको सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
-
चितवनमा फैसला कार्यान्वयन प्रभावकारी हुँदै
-
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
चार विषयमा १० जना विदेशी विद्यार्थी भर्ना गर्दै कृषि विश्वविद्यालय
-
खेलौना समातेर चर्चित बनेको अनाथ बाँदर पन्चले मनायो पहिलो जन्मदिन
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण