कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै, पूर्णबहादुर खड्कामाथि कारबाही होला ?
सारांश
- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक सोमबार दिउँसो ३ बजे पार्टी कार्यालयमा बस्दै छ।
- समितिले अनधिकृत रूपमा विज्ञप्ति जारी गरेको भन्दै पूर्वउपसभापति पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोधेको छ।
- स्पष्टीकरण नबुझाएमा विधानअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने समितिको तयारी छ।
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक सोमबार बस्दै छ । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बैठक बस्ने सचिव दिनेश थापामगरले बताए ।
यही समितिले यसअघि पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोधेको थियो। बैठकअघि सभापति गगन थापाले आइतबार खड्कासँग भेट गरेका थिए ।
समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पार्टी विधानबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइरहेकै बेला थापाले भेट गरेका हुन् ।
केन्द्रीय सदस्य तारामान गुरुङ नेतृत्वको समितिले वैशाख २ गते नभएको पद उल्लेख गरी पार्टीको लेटरप्याडमा विज्ञप्ति जारी गरेको भन्दै खड्कालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
अनुशासन समितिको निर्णयमा लेखिएको छ, ‘नेपाली कांग्रेसको पूर्वउपसभापति पूर्णबहादुर खड्काद्वारा अनधिकृत रूपमा मिति २०८२/१२/३० गते प्रेस विज्ञप्ति जारी गर्ने कार्य पार्टीको विधान विपरीत देखिएकोले नेपाली कांग्रेसको विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा ८ (घ) बमोजिम ७ (सात) दिने स्पष्टीकरण सोध्ने निर्णय गर्दछ ।’
तोकिएको समयमा स्पष्टीकरण नबुझाए विधान अनुरूप कारबाही प्रक्रिया अगाडि बढाउने अनुशासन समिति संयोजक गुरुङले जानकारी दिए ।
खड्काले यसअघि चैत १४ गते कार्यवाहक सभापतिको हैसियतमा पार्टीको लेटरप्याडमा विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई पक्राउ गरिएको प्रति आपत्ति जनाएका थिए ।
चैत १७ गते कार्यवाहक सभापतिकै हैसियतमा उनले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
-
कोटेश्वरमा कारले ४ वटा मोटरसाइकललाई ठक्कर दियो, ५ जना घाइते
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
-
बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन
-
साढे १३ लाखभन्दा बढी पुगे व्यावसायिक फर्म, सात वर्षमा सवा ४ लाख थपिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण