बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त
भक्तपुर । देशको राज्यव्यवस्था सञ्चालन र सुशासनबारे बालबालिकालाई जानकारी दिने उद्देश्यले सूर्यविनायक नगरपालिकाले बाल संसद् अभ्यास सुरु भएको छ । भोलिका भविष्यका रुपमा रहेका बालबालिकालाई वडा तहदेखि नगरपालिका र संसद्सम्मको व्यवस्था सञ्चालन कसरी गर्ने भन्नेबारेमा जानकारी दिन चारदिने अभ्यास प्रशिक्षण आजदेखि सुरु भएको हो।
कन्र्सोटियम नेपालको सहआयोजना तथा सिविसलगायत विभिन्न संस्थाको सहयोगमा सूर्यविनायक नगरपालिकाभित्रका विभिन्न बालक्लबका प्रतिनिधिहरुसहित ७८ बालबालिकाको सहभागिता रहेको नमूना बालनगरसभा कार्यक्रमकी संयोजक एवं कन्र्सोटियम नेपालकी उपाध्यक्ष अनिता पाण्डेले जानकारी दिइन् । बाल सहभागिता संविधानदेखि व्यवहारसम्म भन्ने मूल उद्देश्यका साथ सञ्चालन भएको सभाको नगरपालिकाकी उपप्रमुख सरिता भट्टराईले उद्घाटन गरेकी हुन् ।
सभाले बालबालिकाको आवाज र नीतिमा सकारात्मक ऊर्जा दिने बताउँदै उपाध्यक्ष पाण्डेले नमूना बालनगरसभाले बालबालिकालाई स्थानीय शासन प्रक्रियामा सहभागी गराउने, उनीहरूको आवाज सुन्ने र उनीहरूको आवश्यकता तथा अधिकारलाई नीतिगत तहसम्म पुर्या याउने अभ्यासले भावी दिनमा देशलाई पनि सकारात्मक बाटोमा लैजान टेवा पुग्नेमा जाेड दिइन्। उनले बालमैत्री स्थानीय शासनको प्रभावकारी कार्यान्वयनका लागि यो अभ्यास एक महत्वपूर्ण ‘प्लेटफर्म’ भएकोउनले बताए।
उपाध्यक्ष पाण्डेले नमूना सभा अभ्यासबाट बालबालिकालाई लोकतान्त्रिक प्रक्रिया र स्थानीय शासनबारे व्यावहारिक ज्ञान दिने सक्षम हुने बताउँदै बालबालिकाको आवाज, विचार एवं मागलाई नीति तथा कार्यक्रमसँग जोड्ने बताइन्।
बालबालिकामा नेतृत्व, आत्मविश्वास र अभिव्यक्ति क्षमता विकास गर्ने र वडा तहदेखि नगरपालिका हुँदै संसद्सम्म ऐन, नीति, नियम कसरी निर्माण गर्ने, जनताको आवश्यकताको पहिचान कसरी गर्ने, सुशासन कसरी कायम गर्ने, निर्वाचन कसरी गर्ने, निर्वाचनपछि राज्यव्यवस्था सञ्चालन कसरी गर्ने भन्नेबारेमा प्रयोगात्मक रुपमा अभ्यास गर्ने र बालबालिकालाई सक्षम बनाउने उनले बताइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण