नाटक ‘ग्रान्ड रिहर्सल’ लाई हलिउड अभिनेता विलियमको शुभकामना
सारांश
- मण्डला थिएटरमा मञ्चन हुन लागेको नाटक 'ग्रान्ड रिहर्सल' लाई हलिउड अभिनेता विलियम डाफोले शुभकामना दिएका छन्।
- अभिनेता डाफोले आफूले अमेरिकामै हेरेको नाटक नेपालमा मञ्चन हुन लागेकोमा खुसी व्यक्त गर्दै दर्शकलाई नाटक हेर्न आग्रह गरेका छन्।
- उमेश तामाङको निर्देशनमा तयार भएको यो व्यंग्य प्रधान नाटक २४ अप्रिलदेखि १७ मेसम्म मञ्चन हुनेछ।
काठमाडौँ । थापागाउँस्थित मण्डला थिएटरमा मञ्चनकाे तयारीमा रहेको नाटक ‘ग्रान्ड रिहर्सल’ लाई हलिउड अभिनेता विलियम डाफोले शुभकामना दिएका छन् । उनले एक भिडियो सन्देश जारी गर्दै आफूले अमेरिकामै हेरेको नाटक नेपालमा मञ्चन हुन लागेकोमा खुसी व्यक्त गर्दै दर्शकलाई नाटक हेर्न आग्रह समेत गरेका छन् ।
विलियम गत वर्ष नेपाल आएका थिए । सन्देशमा शो समय सगरमाथा आरोही तेन्जिङ नोर्गेको जीवनमा आधारित ‘तेन्जिङ’ फिल्मको छायाङ्कन गरेको बताएका उनले फिल्म हलमै पुगेर हेर्ने जानकारी दिए । फिल्म छायाङ्कनका लागि काठमाडौँ आउँदा खुसी लागेको समेत उनले बताएका छन् ।
२४ अप्रिलदेखि सुरु हुने नाटक १७ मेसम्म मञ्चन हुनेछ । उमेश तामाङको निर्देशनमा तयार भएको यो नाटक व्यंग्य प्रधान नाटक हो । बुद्धि तामाङ निर्माता रहेको नाटकको अनुप न्यौपाने र उमेश तामाङले अनुवाद गरेका हुन् ।
नाटकमा अनुप न्यौपाने, मिलन कार्की, सुदीप खतिवडा, रुजा राउत, रक्षा थापा, सन्तोष गिरी, अमिर ताम्राकार, सुजन घिमिरे, श्रीशेष श्रेष्ठ, बलबहादुर राई र राजाबाबु कार्कीको अभिनय रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घोराहीमा ९ वर्षमा १९८ किलोमिटर सडक कालोपत्रे
-
बेल्जियम र इरान भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
८ आत्मघाती गोलसँगै दोस्रो स्थानमा २०२६ विश्वकप: रुसको कीर्तिमान तोडिने सङ्घारमा
-
१२ बजे १२ समाचार: रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनदेखि हाकिमका घर जोगाउन सिंहदरबारको जग्गामा बाटोसम्म
-
ओयार्जाबाल चम्किएपछि स्पेनको फराकिलो जित, केप भर्डसँगको बराबरी बिर्साउँदै लयमा फर्कियो
-
आफ्नै अध्यक्षलाई ज्ञानेन्द्र शाहीको जवाफ: जनता कसैको दास होइनन्, त्यो भोट रास्वपाकै हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण